४ श्रावण २०८३, सोमबार | July 20, 2026

अमृता सिंह : टुट्यो विवाह, गुम्यो करियर



मुम्बई । बलिउड अभिनेत्री अमृता सिंह र अभिनेता सैफ अली खानले सन् १९९१ मा विवाह गरे । आफ्नो विवाहले यो जोडी दंग थिए, किनकी विवाहकै लागि उनीहरूले कैयौं निर्णय लिएका थिए ।

उमेरले सैफ अमृताभन्दा १४ वर्ष कान्छा थिए । करियरको मामलामा पनि सैफ र अमृताको करियर आकाश पातालको फरक थियो । अमृता स्टारडममा रमाइरहँदा सैफ भने करियर बनाउन संघर्षरत थिए ।

सैफ कामको खोजीमा थिए र जुन काम पाउँथे, त्यसको खासै महत्व हुँदैन थियो । तर, भाग्यमा जे पाउनु थियो, त्यो पाए । अमृतासँगकाे विवाहपछि सैफले करियर त बनाए, तर अमृताले के पाइँन ?

अमृतासँग विवाह गरेपछि सैफको भाग्यको ढोका खुल्यो । उनको सुस्त करियर तिब्र रुपले चल्न थाल्यो । उनले काम पाउन थाले, दर्शकले मन पराउन थाले । एक समय यस्तो पनि आयो कि सैफको ‘चार्मिङ लुक्स’ देखेर युवतीहरु मोहित भए ।

तर अमृताले के पाइँन् ? सैफसँग विवाह हुँदा उनी बलिउडकी जल्दोबल्दो अभिनेत्री थिइन् । दर्शकहरु उनलाई मनपराउँथे । ठूला स्टारसँग काम गरेपछि पाएको सफलताले उनी उत्साहित थिइन् । तर, सैफसँगsf] विवाहपछि उनको करियरको उल्टो गिन्ती सुरु भयो ।

सैफसँग विवाह पछि २–३ वर्ष अमृता केही फिल्ममा मात्र देखिइन् । तर विस्तारै उनले फिल्म पाउन नै छाडिन् । घर परिवारको जिम्मेवारीमा परेपछि उनले फिल्मबाट दूरी बनाइन् ।

सैफको करियर चम्किइरहँदा अमृताको चमक भने फिका हुँदै गएको थियो । अन्ततः आमा बनेपछि अमृता सन् १९९५ देखि पूर्ण रुपमा फिल्मबाट टाढिइन् ।

जुन सम्बन्धका लागि अमृताले सबै छोडिन्, त्यो सम्बन्ध पनि लामो समय टिक्न सकेन । सैफ र अमृताको सम्बन्धमा आएको दरार पहिलाको जस्तो सन्तुलिन रहन सकेन । छोरा इब्राहिमको जन्मपछि दुवैको सम्बन्ध बिग्रियो र सन् २००४ मा दुवैले सम्बन्धविच्छेद गरे ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १० : ५१ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री