८ चैत्र २०८२, आइतबार | March 22, 2026

सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टीको कार्यालय जस्तो भयो : समाजवादी नेता गुरुङ



बुटवल । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सचिव राजु गरुङले सर्वोच्चको फैसलामाथि टिप्पणी गरेका छन् । गुरुङले सर्वोच्च अदालत र निर्वाचन आयोग एउटा पार्टीको कार्यलय जस्तो भएर आफू विरुद्ध फैसला गरेको आरोप लगाएका हुन । गुरुङले रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदारी दिए पनि उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारे गरेको थियो । आयोगको निर्णय विरुद्ध सर्वोच्च पुगेका गरुङको उम्मेदवारी खारेज हुने निर्णयलाई सर्वोच्चले सदर गरेको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टी र सत्तारुढ गठबन्धन दलद्वारा शनिबार बुटवलमा आयोना गरिएको पत्रकार सम्मेलनमा गुरुङ अदालतको फैसलामाथि खनिएका हुन् । रुपन्देही २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेद्वार बनेका बिष्णु पौडेल एकल रुपमा अघि बढ्नका लागि आफू विरुद्ध अप्रत्यासित रुपमा उजुरी परेको उनले उल्लेख गरे । आफू जस्तै मुलुकभर १५२ जना उम्मेदवारको कम्पनी कालो सूचिमा भएपनि उनीहरु उम्मेदवारी खारेज नभई आफ्नो मात्र भएको भन्दै गुरुङले आक्रोश पोखे ।

गुरुङको उम्मेदारी खारेज भएपछि रुपन्देही २ बाट गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापालाई समर्थन गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  २ : २५ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड