३० चैत्र २०८२, सोमबार | April 14, 2026

कांग्रेस उम्मेदवार प्रमोद यादवका भतिजा सवार गाडीको ठक्करबाट ६ युवा गम्भीर घाइते



बुटवल । आगामी मंसिर ४ गतेको निर्वाचन जसरी पनि जित्नुपर्छ भन्दै परिवारका सबैजना अहोरात्र निर्वाचनमा खटिइरहेका बेला रुपन्देहीका एकजना उम्मेदवारका भतिजा भने क्लवहरुमा मदिरा मस्त हुँदै एकै पटक आधा दर्जन सर्वसाधारणलाई गाडीले कुल्चँदै हिँड्ने गरेका छन् । रुपन्देही क्षेत्र नं.४ प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवार प्रमोद यादवका भतिजा निकेश यादव सवार गाडिले ठक्कर दिएर बुटवलको होराइजन चोकमा ६ जना युवा गम्भीर घाइते भएका छन् । यादव सवार बाग्मती ०१–०२६ च ६२९० नम्बरको कारको ठक्करबाट ६ जना सर्वसाधारण युवा घाइते भएका हुन् ।

कांग्रेस उम्मेदवार यादवका भतिजा निकेशकै नाममा रहेको उक्त कार मदिराले मस्त रहेका रोहित ज्वारचनले चलाएको र ब्याक गरेर आफूहरुलाई ठक्कर दिएको उपचाररत घाइतेहरुले बताएका छन् । कारको ठक्करबाट घाइते हुनेहरुमा तानसेन नगरपालिका–४ का कुदल श्रेष्ठ, बुटवल उपमहानगरपालिका–८ का विपिन श्रेष्ठ, देवदह नगरपालिका–१० का जीवन मल्ल, बुटवल उपमहानगरपालिका–७ का सुरज पाण्डे, बुटवल–१२ का दीपक पुन र बुटवल–१३ का मनोज थापा रहेका छन् । कालिकापथमा रहेको लर्ड बुटवल क्लवबाट निस्कदा मदिरामस्त अवस्थामा रहेका यादव र ज्वारचन सवार  रहेको गाडीले सर्वसाधारणलाई सिधै ठक्कर दिएको प्रत्यक्षदर्शी स्थानीयले बताए ।

घाइतेहरुका अनुसार उनीहरुलाई फुटपाथ नजिकैको साईकल लेनमा उभिएर आपसमा कुरा गरिरहेका बेला एक्कासी चालकले ब्याक गरेर ल्याएको गाडीले ठक्कर दिएर ढलाएको हो । आवाज बिहिन विद्युतीय गाडी ब्याक गरेर सिधै आफुहरुलाई ठक्कर दिएको घाइते कुदल श्रेष्ठले बताए । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ ।

ब्याक गियरमा भएपनि निकै रफ्तारमा आएको गाडीले एक्कासी ठक्कर दिएको अर्का घाइते विपिन श्रेष्ठले बताए । खुट्टा सुन्नीएपछि उनी ब्याण्डेज गरेर बेड रेस्टमा रहेका छन् ।

सडक किनारमा उभिएका युवाहरुलाई सिधै ठक्कर दिएर गम्भीर घाइते बनाइदिएपछि आक्रोशि स्थानीयले गाडीमाथि तोडफोड गरेको प्रहरीले जनाएको छ । गाडी चालक ज्वारचनले मदिरा सेवन गरेको र सोही अनुसार स्वास्थ्य परीक्षण गरि कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । गाडीमा सवार यादव उम्मेदवार प्रमोद यादवको छोरा वा भतिजा भए नभएको आफुलाई थाहा नभएको डीएसपी अर्यालले बताए ।

ठक्कर दिने गाडी र चालकलाई वडा प्रहरी कार्यालय रामनगर बुटवलले तुरुन्त नियन्त्रणमा लिएको भएपनि नेताहरुको चर्को दवाव आएपछि वडाले अनुसन्धान नै नगरि जिल्ला प्रहरी पठाएको प्रहरी स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ७ : ५९ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका