१ पुस २०८२, मंगलबार | December 16, 2025

धर्ममा राजनीति र राजनीतिमा धर्मका मुद्दा नउठाऔं : इश्तियाक राई



नेपालगन्ज । कसौधन समाज बाँकेले तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा आगामी मंसिर ४ को निर्वाचनबारे छलफल गरेको छ।

शनिबार नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँके निर्वाचन क्षेत्र नं २ का उम्मेदवार तथा जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईले धर्म र सम्प्रदायको नाममा नभएर विकासको नाममा मतदान गर्न आग्रह गरे।

उनले आफूले कुनै पनि जातिय वा साम्प्रदायिक राजनीति नगरेको भन्दै जनताको सेवा र आफ्नो क्षेत्रको विकासका लागि राजनीति गरेको पनि बताए।

‘हामीले धर्मको ठेकेदारी गर्दैनौं। हामी तपाईंहरूकै सेवा गर्छौं। तपाईंहरूकै लागि विकास गर्नेछौं।’उनले भने । उम्मेदवार राईले आफ्ना लागि सबै जातजाति, धर्म र सम्प्रदाय बराबरी रहेको भन्दै कसैलाई पनि तलमाथि नराखेर व्यवहार गरेको पनि बताए।

‘म आफैं पनि मुस्लिम समुदायको मान्छे हुँ। सबैका आआफ्नै धार्मिक आस्था हुन्छ। विचार हुन्छ। तर त्यसकै आधारमा राजनीति गर्न पनि पाइन्न र त्यसलाई राजनीतिक मुद्दा पनि बनाउन मिल्दैन’ उनले भने ‘मैले विकास गर्दा मस्जिदहरूमा पनि गरेको छु। मन्दिरका लागि पनि गरेको छु। गुरुद्वारा अनि गुम्बा र चर्चहरूमा पनि पुगेको छु।’

समाजका अध्यक्ष कृष्ण गोपाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिले मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ५१ बजे

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि