२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

धर्ममा राजनीति र राजनीतिमा धर्मका मुद्दा नउठाऔं : इश्तियाक राई



नेपालगन्ज । कसौधन समाज बाँकेले तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा आगामी मंसिर ४ को निर्वाचनबारे छलफल गरेको छ।

शनिबार नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँके निर्वाचन क्षेत्र नं २ का उम्मेदवार तथा जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईले धर्म र सम्प्रदायको नाममा नभएर विकासको नाममा मतदान गर्न आग्रह गरे।

उनले आफूले कुनै पनि जातिय वा साम्प्रदायिक राजनीति नगरेको भन्दै जनताको सेवा र आफ्नो क्षेत्रको विकासका लागि राजनीति गरेको पनि बताए।

‘हामीले धर्मको ठेकेदारी गर्दैनौं। हामी तपाईंहरूकै सेवा गर्छौं। तपाईंहरूकै लागि विकास गर्नेछौं।’उनले भने । उम्मेदवार राईले आफ्ना लागि सबै जातजाति, धर्म र सम्प्रदाय बराबरी रहेको भन्दै कसैलाई पनि तलमाथि नराखेर व्यवहार गरेको पनि बताए।

‘म आफैं पनि मुस्लिम समुदायको मान्छे हुँ। सबैका आआफ्नै धार्मिक आस्था हुन्छ। विचार हुन्छ। तर त्यसकै आधारमा राजनीति गर्न पनि पाइन्न र त्यसलाई राजनीतिक मुद्दा पनि बनाउन मिल्दैन’ उनले भने ‘मैले विकास गर्दा मस्जिदहरूमा पनि गरेको छु। मन्दिरका लागि पनि गरेको छु। गुरुद्वारा अनि गुम्बा र चर्चहरूमा पनि पुगेको छु।’

समाजका अध्यक्ष कृष्ण गोपाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिले मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ५१ बजे

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

म्याग्दी । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी

तन सहरमा, मन गाउँ विकासमा : बुटवल-रामपुर जोड्दै सामाजिक अभियान

बुटवल । रुपन्देही-“जहाँ रहे पनि जन्मभूमिको माया र समुन्नतिका लागि

आजको मौसम : लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंलगायत विभिन्न सहरबाट विस्थापित

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषद्को बैठक