२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

छठ पर्वले बन्धुत्वको भावनालाई गाढा बनाउन मद्दत पुगोस् : राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

छठपर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास व्यक्त गरिन् ।

राष्टपति भण्डारीले सन्देशमा भनेकी छन्, “छठपर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।”

राष्ट्रपति भण्डारीले छठको अवसरमा विश्वभर रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

खासगरी नेपालको तराई तथा मधेस क्षेत्रमा मनाइने छठपर्व हाल आएर काठमाडौं उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा समेत सूर्य देवता र छठीमाताको पूजा अर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउन थालिएको राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको छ । बिनाभेदभाव सम्पूर्ण प्रणालीलाई समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर छठपर्व मनाइन्छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : २० बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु