२१ माघ २०८२, बुधबार | February 4, 2026

जनमतलाई केपी ओलीले अपमान गरे : घनश्याम भुसाल



बुटवल । नेकपा एमाले परित्याग गरी रुपन्देही- १ मा सत्तारुढ गठबन्धनको उम्मेदवार बनेका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले अघिल्लो निर्वाचनमा पाएको जनमतको अपमान गरेको टिप्पणी गरेका छन् । ‘अघिल्लो निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लड्दा झण्डै दुई तिहाइ जनमत हासिल भएको थियो, तर ओलीले त्यसलाई आफ्नो दाइजो ठानेर जनमतकै अपमान गरे,’ भुसालले भने ।

रुपन्देहीको रोहिणीमा गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गर्दै नेता भुसालले यस्तो बताएका हुन् । प्राप्त जनमतलाई तत्कालीन नेकपाका अध्यक्ष ओलीले दाइजो जस्तो नठानेको भए नेकपा विभाजन नहुने भुसालको तर्क छ । धेरै समय ओलीकै आलोचनामा खर्चिएका भुसालले नेकपा जस्तो विशाल पार्टीलाई ध्वस्त पार्ने काम ओलीले नै गरेको आरोप लगाए ।

नेता भुसालले ओलीमा राणाहरुको जस्तो दम्भ भएको बताए । ओलीको दम्भकै कारण कैंयौं निष्ठावान नेताको भविष्य समाप्त भएको भुसालको टिप्पणी थियो । निष्ठावान नेताहरुलाई ओलीले चुनावमा टिकटसमेत नदिएको प्रति संकेत गर्दै ओलीको एकल निर्णयले पार्टीमा विधि र नीति कायम गरेका नेताहरुलाई पाखा लगाएको भुसालले तर्क गरे ।

नेपालमा विश्वकै उत्कृष्ट संविधान बनेर देश समृद्धिको दिशामा लाग्न थालेको बेला संसद र संविधानमाथि नै प्रहार गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको उनको भनाइ छ । दुई पटक संसद विघटन गर्ने ओली नेतृत्वको एमालेमा रहेका नेताहरुले जनताको घर दैलोमा भोट माग्नु लज्जाको विषय हुने उनको तर्क छ । ‘संविधान विघटन गर्नेहरुलाई भोट माग्न आउँदा प्रश्न गर्नुहोला, संविधान च्यात्नेलाई भोट दिने कि संविधानको रक्षा गर्नेलाई रु,’ उनले भने ।

त्रिभुज चुनाव चिह्न लिएर उम्मेदवार बनेका भुसालले मुलुकको समग्र विकासको लागि राजनीतिक स्थिरता र संविधानको कार्यान्वयन नै पहिलो शर्त भएको बताए । कार्यक्रममा रुपन्देही-१ को प्रदेश सभा (१) का उम्मेदवार विश्वनाथ यादव र (२) का अब्दुल रज्जाकले पनि संविधानको रक्षा र उचित कार्यान्वयनका लागि पाँच दलीय गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरे ।

रुपन्देही- १ मा एमालेका सचिव छविलाल विश्वकर्मा र एमालेबाट विद्रोह गरेका अर्का नेता टिकाराम चापागाईं प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ३ : २८ बजे

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य