१३ असार २०८३, शनिबार | June 28, 2026

गृहमन्त्री खाणको ६७ बुँदे छुट्टै संकल्पपत्र सार्वजनिक, जनमुक्तिले समर्थन गर्ने घोषणा



भैरहवा । गृहमन्त्रीसमेत रहेका रुपन्देही- ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाणले छुट्टै संकल्पपत्र सार्वजनिक गरेका छन् । उनी उम्मेदवार बनेको पार्टी नेपाली काँग्रेसले घोषणा पत्र सार्वजनिक गरेको भोलिपल्ट उम्मेदवार खाणले जनतासामु आफ्नो ६७ बुँदे छुट्टै संकल्पपत्र सार्वजनिक गरेका हुन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेदवार रहेका उनले स्थानीय तहले गरिरहेको र भइसकेका कामहरु, निर्वाचन क्षेत्रभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर संकल्प पत्र बनाएका छन् । मुख्यतया भैरहवालाई नै केन्द्रित गरी बनाइएको संकल्पपत्रमा विकास निर्माण र भौतिक पूर्वाधारहरुलाई जोड दिइएको छ ।

पहिलो बुँदामा नै भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औधोगिक, व्यापारिक एवं पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने भनिएको छ । त्यस्तै सिद्धार्थनगरमा चक्रपथ, बुटवल सुनौली हाइवेमा मेट्रोको सम्भाव्यता अध्ययन गर्ने, राजमार्ग स्तरोन्नति र सडम पूर्वाधारमा जोड, कारागार स्थानान्तरण, अटोभिलेज व्यवस्थापन, कृषि, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन, खेलकुद लगायतका विषय संकल्पपत्रमा छन् ।

सिद्धार्थनगरभन्दा बाहिर रहेका विषयलाई पनि सिद्धार्थनगर नगरपालिका भित्र रहेको विशेष आर्थिक सेजमा विद्युतीय सबस्टेशन निर्माण तथा व्यवस्थित संचालनका लागि नितिगत निर्णय गर्ने, पोखरा सम्मको सिद्धार्थ राजमार्गलाई स्तारोन्नती गर्ने, मर्चवारदेखि मुस्ताङ सडक निर्माणलाई विशेष रुपमा प्रारम्भ गर्न पहल गर्ने, भारतले निर्माण गर्ने एकिकृत भन्सार प्रणाली तत्काल निर्माण प्रारम्भ गर्ने लगायतका बुद्धाहरु संकल्प पत्रमा निर्वाचित भएपछि पूरा गर्ने उल्लेख छ ।

संकल्पपत्र सार्वजनिक कार्यक्रममा गठबन्धनलाई राष्ट्रिय जनमुक्ति पार्टीले पनि सहयोग गर्ने गरि समर्थन गरेको छ । गृहमन्त्रीको प्रतिस्पर्धीको रुपमा रहेका राष्ट्रिय जनमुक्ति पार्टीको उम्मेदवार मोजिब अलीले खाणलाई समर्थन गर्दै तालमेल गरेको बताए ।

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ३ : ५० बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट