१९ बैशाख २०८१, बुधबार | May 2, 2024

तीन महिनामा नेपालको व्यापार घाटा साढे तीन खर्ब नाघ्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा नेपालको वैदेशिक व्यापार घाटा साढे तीन खर्ब नाघेको छ ।

भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख ९४ हजार रुपैयाँको रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष वैदेशिक व्यापार १८.५४ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ५ खर्ब ४३ अर्ब ५६ करोड ६० लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

पछिल्लो तीन महिनामा नेपालको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको व्यापार घाटा १३.१२ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख ८६ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

गत साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा नेपालले ४ खर्ब ९९ करोड ८३ लाख २ हजार रुपैयाँको वस्तु विभिन्न देशबाट आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयातमा १६.२० प्रतिशतले कमि आएको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले मात्र ४१ अर्ब ८२ करोड १ लाख ९३ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको निर्यात व्यापार ३५.७१ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ६५ अर्ब ५ करोड २८ लाख ३४ हजार रुपैयाँको वस्तु विभिन्न देशमा निर्यात गरेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ५ : ५९ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका