३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

तीन महिनामा नेपालको व्यापार घाटा साढे तीन खर्ब नाघ्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा नेपालको वैदेशिक व्यापार घाटा साढे तीन खर्ब नाघेको छ ।

भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख ९४ हजार रुपैयाँको रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष वैदेशिक व्यापार १८.५४ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ५ खर्ब ४३ अर्ब ५६ करोड ६० लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

पछिल्लो तीन महिनामा नेपालको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको व्यापार घाटा १३.१२ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख ८६ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

गत साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा नेपालले ४ खर्ब ९९ करोड ८३ लाख २ हजार रुपैयाँको वस्तु विभिन्न देशबाट आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयातमा १६.२० प्रतिशतले कमि आएको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले मात्र ४१ अर्ब ८२ करोड १ लाख ९३ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको निर्यात व्यापार ३५.७१ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ६५ अर्ब ५ करोड २८ लाख ३४ हजार रुपैयाँको वस्तु विभिन्न देशमा निर्यात गरेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ५ : ५९ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६