५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

रेखा शर्माको प्रचारमा जुटेका घोराहीका मतदाता भन्छन् – संविधान मास्नेलाई मत हाल्दैनौं



घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर ६ का मतदाताले आगामी मंसिर ४ गतेको निर्वाचनमा संविधान मास्ने शक्तिहरूलाई कुनै हालमा पनि मत नदिने बताएका छन् ।

प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्मा र प्रदेशसभा दाङ २ (२) का गठबन्धनका साझा उम्मेदवार प्रचण्ड बिक्रम न्यौपाने ‘गुन्टु’ सँगको भेटमा उनीहरूले एमाले नेतृत्वको गठबन्धनले संविधान, गणतन्त्र र संघीयतालाई नै खारेज गर्ने अभियानमा लागेको आरोप लगाए ।

स्थानीय रामकली चौधरीले जनताको ठूलो बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउन लागेकाले उसलाई जनताले साथ नदिने बताए । ‘हामीले मुलुकमा शान्ति र समृद्धिको अपेक्षा गरेका थियौं, एमालेले जननिर्वाचित संसदनै मास्न खोज्यो,’ उनले भने, ‘गठन्धनले विकाशको गति अघि बढाउने छ भन्ने हामीले विश्वास गरेका छौं ।’

अर्का स्थानीय सुविन पुनले दाङको समृद्धिका लागि गठबन्धनले दीर्घकालीन गुरु योजना बनाउनुपर्ने आवश्यकता औंल्याए । ‘गठबन्धनले निर्वाचनमा बहुमत हासिल गर्छ भन्ने हामीलाई विश्वास छ,’ उनले भने ।

अर्का स्थानीय धनपति चौधरीले आफ्नो वडाबाट गठबन्धनलाई अत्याधिक मतले विजयी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रेखा शर्माले मंसिर ४ पछि पाँचै वर्ष गठबन्धनको सरकार बन्ने ठोकुवा गरिन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ४२ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया