१५ बैशाख २०८१, शनिबार | April 27, 2024

मैले गरेको विकासको काम जनताले बुझेनन्, अब पार्टी बनाउन लाग्छु : शंकर पोखरेल



दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले मुलुकलाई राजनीतिक स्थायित्वमा लैजाने आफ्नो प्रयास असफल भएको बताएका छन् ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा माओवादीका रेखा शर्मासँग पराजित भएको भोलिपल्ट पोखरेलले पत्रकार सम्मेलन गरेर उक्त प्रतिक्रिया दिएका हुन् ।

पोखरेलले आफुलाई संसदीय प्रक्रियामा आउन नदिएको जिकिर गर्दै अब पार्टी संगठन सुदृढिकणमा केन्द्रित हुने बताए । उनले भने, ‘मेरो अबको ध्यान स्थिर राजनीतितर्फ केन्द्रित हुन्छ ।’

महासचिव पोखरेलले निर्वाचनको नतिजाले देश थप अराजकता र अस्थिरतामा फस्नसक्ने सम्भावना व्यक्त गरे ।

उनले दाङका जनताले आफुले गरेको विकास र समृद्धिको कामलाई बुभ्न नसकेकोमा गुनासो गरे । ‘मैले प्रदेश राजधानी यहाँ बनाउन खेलेको भूमिका, चार लेन सडक निर्माणलगायत गरेका विकासका काम जनताले बुझेनन् ।’ उनले भने।

माओवादीका रेखा शर्माले पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी थिइन । दाङका तीनवटै निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभामा एमाले निल भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  २ : १३ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।