३० चैत्र २०८२, सोमबार | April 14, 2026

रुपन्देहीमा कारको ठक्करबाट एक शिशु सहित ३ जनाको मृत्यु



भैरहवा । रुपन्देहीमा कारको ठक्करबाट एक निबालक सहित ३ जनाको ज्यान गएको छ । भैरहवाबाट परासी तर्फ जादै गरेको कारले ठक्कर दिँदा रुपन्देही ओमसतियाका एक शिशु सहित ३ जनाको मृत्यु भएको हो ।

रुपन्देहीको ओमसतिया -४ पननीमा विहान ५ बजेर ४५ मिनेटको समयमा कारको ठक्करबाट ओमसतिया –४ पननीकी १४ वर्षिया सिमा कुर्मी, २८ वर्षिया प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना अन्य २ जना घाइते भएका छन । प्रहरीका अनुसार घाईतेहुनेहरुमा मृतक शिशुकी आमा २४ वर्षिय बन्दना कुर्मी र सोही स्थानकी २६ वर्षिया मन्जु कुर्मी रहेका छन् । घाइतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

छठ घाट जाने क्रममा स्थानीयलाई भैरहवा तर्फबाट परासी तर्फ गइरहेको गाडीले ठक्कर दिएर फरार भएको प्रत्यक्षदर्शीले बताए । ठक्कर दिएको गाडी र चालक अझै पक्राउ हुन नसकेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए । प्रहरीले ठक्कर दिने गाडी र चालकको खोजीलाई तिब्र पारेको पनि उनले बताए ।

 

 

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १२ : ३१ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका