२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

रुपन्देहीमा कारको ठक्करबाट एक शिशु सहित ३ जनाको मृत्यु



भैरहवा । रुपन्देहीमा कारको ठक्करबाट एक निबालक सहित ३ जनाको ज्यान गएको छ । भैरहवाबाट परासी तर्फ जादै गरेको कारले ठक्कर दिँदा रुपन्देही ओमसतियाका एक शिशु सहित ३ जनाको मृत्यु भएको हो ।

रुपन्देहीको ओमसतिया -४ पननीमा विहान ५ बजेर ४५ मिनेटको समयमा कारको ठक्करबाट ओमसतिया –४ पननीकी १४ वर्षिया सिमा कुर्मी, २८ वर्षिया प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना अन्य २ जना घाइते भएका छन । प्रहरीका अनुसार घाईतेहुनेहरुमा मृतक शिशुकी आमा २४ वर्षिय बन्दना कुर्मी र सोही स्थानकी २६ वर्षिया मन्जु कुर्मी रहेका छन् । घाइतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

छठ घाट जाने क्रममा स्थानीयलाई भैरहवा तर्फबाट परासी तर्फ गइरहेको गाडीले ठक्कर दिएर फरार भएको प्रत्यक्षदर्शीले बताए । ठक्कर दिएको गाडी र चालक अझै पक्राउ हुन नसकेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए । प्रहरीले ठक्कर दिने गाडी र चालकको खोजीलाई तिब्र पारेको पनि उनले बताए ।

 

 

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १२ : ३१ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात