२३ माघ २०८२, शुक्रबार | February 6, 2026

लर्ड बुटवल ठक्कर प्रकरण : ‘प्रहरीले उजुरी लिन मानेन’



बुटवल । लर्ड बुटवलमा मादक पदार्थ सेवन गरि गराइएको सवारी दुर्घटनाबाट घाइते भएकाहरुको पिडक विरुद्धको उजुरी लिन प्रहरीले अस्विकार गरेको घाइतेका आफन्तहरुले बताएका छन् ।

उजुरी लिएर इलाका प्रहरी कार्यालय बुटवल पुगेका घाइते तथा क्षेति पुगेका सवारीधनीहरुले पिडक विरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्विकार गरेको उनीहरुले बताएका हुन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले पीडितको कुरा सुन्नुको साटो निवेदन नै लिन ईन्कार गरेको घाईते दिपक पुनका दाजु मन बहादुर पुनले बताए । आफ्नो भाई दिपक पुनको टाउकोमा १६ वटा टाका लगाएको र अन्य धेरै चोट रहेको भन्दै प्रहरीले उजुरी नै लिन नमानेर आफुहरुलाई अन्याय गरेको बताए । ‘पिडक पक्षले गल्ती स्वीकार गरेर घाईते भाईको उपचारमा लागेको खर्च ब्यर्हानुपर्ने एउटा माग हाम्रो हो ।’– उनले भने । ‘मदिरा सेवन गरेर गाडी हाँक्नेमाथि पनि कानुन बमोजिम कडा कारवाही हुनु पर्छ ।’

कालिकानगरमा भएको घटनाको जिम्मेवार निकाय वडा कार्यालय भएपनि केसलाई राजनीतिकरण गरिएको पीडित पक्षका आफन्त विजय सेनको दाबी छ । घटना भएको स्थानका प्रहरी प्रमुखले जिल्लामा केस दर्ता भएको भन्दै उतै जान आदेश दिनु गलत भएको सेनले बताए । बुटवलमा घटना भएको र यो हेर्ने क्षेत्र ईलाका हुदा पनि जिल्ला प्रहरी कार्यालयमा जान भन्नु नै गलत भएको उनले बताए । सत्ता र शक्तिको बलमा दुरुपयोग हुने गरि प्रहरी प्रशासन संचालन भएको उनले दुखेसो गरे ।

‘ब्याक गर्न लाग्दा झुक्किएर दुर्घटना भएको प्रहरीले मुचुल्का उठाएको छ ।’– पिडितका आफन्त अनुप श्रेष्ठले भने । सिसिटिभी फुटेजबाट प्रष्ट नै देखिएको घटनाप्रति प्रहरी प्रशासनले एक्सन लिन आनाकानी गरेको उनले बताए । मदिरा सेवन गरि दुर्घटना गराएको प्रष्ट देखिएको पनि उनले बताए ।

दुर्घटनामा परेर कुनाल श्रेष्ठको करङको आठ नम्बर हड्डीमा चोट लागेर तिनाउ अस्पतालमा उपचार भइरहेको छ भने
मनोज थापाको टाउको, हातखुटामा चोट लागेको छ । थापाको चौराहा अस्पतालमा उपचार भैरहेको छ ।

यसैगरि पार्किङमा राखिएको ११ लाख रुपैया बजारमुल्यको बेनेली ३०० सिसिको मोटरसाईकल समेत ध्वष्ट भएको अर्का पीडित बाईकका मालिक सिद्धार्थ श्रेष्ठले बताए । ‘नम्बर समेत लेखाउन पाएका थिएन ।’– उनले भने । बाईक पुर्ण रुपमा काम नलाग्ने भएको उनले बताए । यसैगरि रुद्र रानाको लु ४१ प ९१७२ स्कुटी समेत पुर्ण रुपमा क्षति पुगेको छ ।

रुपन्देही ४ बाट कांग्रेस उम्मेदवार प्रमोद यादवका सहोदर भाई मनोज यादवका छोरा निकेश यादव र उनका साथी रोहित ज्वारचन सवार कारले गत शनिबार बिहान ३ बजेको समयमा ठक्कर दिएर ६ जनालाई घाइते बनाउनुका सार्थ आधा दर्जन पार्किङ गरेर राखिएको बाईकहरुलाई क्षेति पु¥याएको थियो । मादक पदार्थ सेवन गरि ज्वारचनले चलाएको कारले ब्याक गियरमा अन्धाधुन्द ठक्कर दिएको प्रत्यक्षदर्शिले बताएका थिए । आक्रोसमा रहेका भिडले दुर्घटना गराउने सवारी साधनलाई तोडफोड समेत गरेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले भने घटना घटाउने पीडक र सवारी साधन जिल्ला प्रहरी कार्यालयमा रहेको कारण पीडितहरुलाई जिल्लामा उजुरी लिएर जान आग्रह गरेको बताए । उनले प्रहरी घटना प्रति संबेदनशिल रहेको उल्लेख गर्दै पीडितहरु जिल्ला जान नचाहे पीडकहरुलाई वडामा झिकाएर पनि छलफल हुन सक्ने बताए । उनले पीडकहरु आफै पीडितहरुलाई भेट्न खोजिरहेको दाबी गर्दै उनले जिल्ला वा घटनाको पहिलो जिम्मेवार निकाय वडा प्रहरीमा जान पीडितका आफन्तहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : १४ बजे

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको

सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’

सिरहा । तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ

आजको मौसम : तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम

आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस

काठमाडौं । आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय

बैतडी बस दुर्घटना : मृतकको सङ्ख्या १३ पुग्यो

बैतडी । जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या