१४ असार २०८३, आइतबार | June 28, 2026

माओवादीको नीतिमा देश चलेकाले नीति अनुसारको नेतृत्वको लागि माओवादीलाई मत : तुलाराम घर्ती



पाल्पा । गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ (२) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार तथा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तुलाराम घर्ती मगर बसन्तले माओवादीको नीतिमा देश चलेकाले नीति अनुसारको नेतृत्वको लागि मत चाहिएको बताएका छन् । उनले अहिले गठबन्धन गरेर माओवादी, काँग्रेस, समाजवादी, जनमोर्चा लगायतका पार्टीहरु चुनावी मोर्चामा होमिएको बताउँदै लोकतन्त्र बचाउनका लागि पनि माओवादी सहितको गठबन्धनले जित्न आवश्यक रहेको बताएका छन् ।

रिब्दीकोट गाउँपालिकाको ठिमुरे, भैरवस्थान, पालुङ्मैनादी, खस्यौली, कशुमखोला, तिनाउँका विभिन्न क्षेत्र लगाएतका स्थानमा घरदैलो कार्यक्रम गर्दै घर्तीले आर्थिक समृद्धिको अभियान अगाडि बढाउन नीति अनुसारको नेतृत्व आवश्यक रहेकाले गठबन्धनको उम्मेद्वारहरुको विजयी हुनुपर्ने बताए । उनले शान्ति प्रक्रियामा समेत माओवादी र काँग्रेसको सहकार्य रहेको बताउँदै अब विकास र समृद्धिका लागि पनि सहकार्य भइरहको दाबी गरे ।

संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशिता सहितको संविधान र त्यस व्यवस्थामा माओवादीको एजेन्डा भएकाले सोही नीति अनुसारको नेतृत्वको लागि अहिले पाँचदलीय गठबन्धन भएको बताए । उनले एमालेको दम्भका कारण दुई तिहाई सरकार ढालेर पटक पटक संसद विघटन भएकाले देशमा आर्थिक नैरास्यता समेत छाएको बताए ।

उम्मेदवार घर्तीले ऐतिहासिक कालखण्डमा, ऐतिहासिक आवश्यकताबाट गठबन्धन जन्मिएको भन्दै संविधान लोकतन्त्र र राष्ट्रको रक्षाका लागि यसलाई हुर्काउनुपर्ने बताए । प्रतिगमनको खतरा, संविधानलाई घात गर्ने खतरा, संघीयता समानुपातिक, समावेशी लोकतन्त्र माथि प्रहार गर्ने प्रवृत्ति रहेसम्म गठबन्धनको सान्दर्भिकता रहिरहने उनको भनाई छ ।

नेता घर्तीले जता पनि नकारात्मक सोच राख्ने प्रवृत्तिलाई जनताले नस्वीकार्ने भन्दै जनतामा देश, संविधान, लोकतन्त्र, समृद्धिका लागि सबैतिर उत्साह आएको बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ५५ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली