२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

निर्वाचन प्रयोजनका लागि भारतद्वारा नेपाललाई दियो २ सय सवारीसाधन



काठमाडौं । भारतले नेपालको चुनाव प्रयोजनका लागि दुई सय वटा सवारी साधन सहयोगस्वरुप प्रदान गरेको छ ।

भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई आज एक कार्यक्रमका बीच सवारी साधन र साँचो हस्तान्तरण गरेका छन् ।

भारत सरकारको तर्फबाट उपलब्ध भएका यी सवारी साधन आसन्न निर्वाचन प्रयोजनमा प्रयोग हुने बताइएको छ । भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारको अनुरोधमा यी सवारी साधन उपलब्ध गराइएको जनाएको छ ।

यसमध्ये १२० वटा सवारी साधन सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने बताइइको छ ।

त्यसअवसरमा अर्थमन्त्री शर्माले यी सवारीसाधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएका छन् ।

भारतले विगतका वर्षहरुमा पनि नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई चार सय वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४ सय भन्दा बढी सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ भारतीय दूतावासले जनाएको छ ।

दूतावासले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक विकास साझेदारी रहेको जनाउँदै यस्तो सहयोग आदनप्रदानले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १२ : ५९ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु