४ बैशाख २०८१, मंगलबार | April 16, 2024

निर्वाचन प्रयोजनका लागि भारतद्वारा नेपाललाई दियो २ सय सवारीसाधन



काठमाडौं । भारतले नेपालको चुनाव प्रयोजनका लागि दुई सय वटा सवारी साधन सहयोगस्वरुप प्रदान गरेको छ ।

भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई आज एक कार्यक्रमका बीच सवारी साधन र साँचो हस्तान्तरण गरेका छन् ।

भारत सरकारको तर्फबाट उपलब्ध भएका यी सवारी साधन आसन्न निर्वाचन प्रयोजनमा प्रयोग हुने बताइएको छ । भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारको अनुरोधमा यी सवारी साधन उपलब्ध गराइएको जनाएको छ ।

यसमध्ये १२० वटा सवारी साधन सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने बताइइको छ ।

त्यसअवसरमा अर्थमन्त्री शर्माले यी सवारीसाधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएका छन् ।

भारतले विगतका वर्षहरुमा पनि नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई चार सय वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४ सय भन्दा बढी सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ भारतीय दूतावासले जनाएको छ ।

दूतावासले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक विकास साझेदारी रहेको जनाउँदै यस्तो सहयोग आदनप्रदानले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १२ : ५९ बजे

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता

चैतेदशैँको अवसरमा बिहानैदेखि बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो

बागलुङ । आज चैतेदशैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम

भद्रपुर-इलाम-सलकपुर सडक कालोपत्र गरिँदै

झापा । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र

आज चैतेदशैँ, शक्तिस्वरुपा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना