३० चैत्र २०८२, सोमबार | April 14, 2026

रुपन्देहीमा दुर्घटना गरी फरार चालक र गाडी भैरहवाको गल्लामण्डीबाट पक्राउ



भैरहवा । सोमबार रुपन्देहीको ओमसतिया-४ पननीमा भएको दुर्घटनामा फरार रहेको गाडीसहित चालक पक्राउ परेका छन् ।

स्थानीय छठ घाट रोहिणी खोला जाँदै गरेका सोमबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडीले ठक्कर दिँदा तीनजनाको मृत्यु र दुईजना घाइते भएका थिए । ठक्करपछि फरार रहेको चालक र गाडीलाई रुपन्देही प्रहरीले भैरहवाको गल्लामण्डीबाट पक्राउ गरेको हो ।

बिहान ४ बजेर ५५ मिनेटमा पैदलयात्रीलाई ठक्कर दिँदा गाडीले केही भाग र संकेत घटनास्थलमै छाडेकाले घटना भएकै दिन गाडी र चालक पहिचान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए ।

अनुसन्धानबाट रुपन्देहीको रोहिणी गाउँपालिका-३ घर हुने अजयकुमार चौधरीले चलाएको बा८च ६५३२ नम्वरको टाटा इन्डिका भिष्टा गाडीले ठक्कर दिई दुर्घटना भएको पुष्टि गरेको छ । दुर्घटनामा परेको गाडी सिद्धार्थनगर-४ पिपरहियामा त्रिपालले ढाकेर राखिएको अवस्थामा सोमबार साँझ र चालक चौधरीलाई गल्लामण्डीस्थित बजारबाट नियन्त्रणमा लिएको एसपी रेग्मीले बताए ।

दुर्घटनामा परी ओमसतिया-४ पननीकै ३५ दिनको शिशु श्रीराम कुर्मी, वर्ष १४ की सिमा कुर्मी, वर्ष २८ की प्रमशिला कुर्मीको मृत्यु भएको थियो । त्यस्तै घाइते भएकी शिशुकी आमा २४ वर्षीय बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ३ : २९ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका