काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईले नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्यसँग भेटेकी छिन् ।
चुनावी अभियानको क्रममा घरदैलो गर्दै हिँडेकी मानुषीले आज बिहान शाक्यको घरमा पुगेर आफुलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।
त्यसक्रममा शाक्यले अहिले आफुहरुको बाटो अलगअलग भएपनि देश बनाउने हो भने नमिली सुखै नभएको बताइन । शाक्यले भनिन, ‘अब यथास्थितिमा अलग(अलग भएर गाली गलौजबाट अलग भएर एक अर्का नमिली सुखै छैन । गणतन्त्र र समाजवाद साझा हो, यथास्थितिमा बसेर पनि हुन्न ।’
मानुषीले अष्टलक्ष्मीलाई प्रेरणाको स्रोत र अग्रज नेता भएको बताइन । उनले सुशासन र समृद्धिको बाटोमा एकढिक्का भएर, एउटै मिसन बनाएर युवापुस्ता जान आतुर रहेको समेत जनाइन ।



















प्रतिक्रिया