१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

निर्वाचन बिथोल्ने अधिकार कसैलाई छैन : गृहमन्त्री खाण



बुटवल । गृहमन्त्री बालकृष्ण खाणले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्पाचन लक्षित लुम्बिनी प्रदेश स्तरिय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले जनताको अपेक्षा सुख, शान्ति र समृद्दी रहेको र त्यो अपेक्षा पुरा गर्न निर्वाचन अपरिहार्य रहेको बताए ।

उनले सरकारले कसैलाई काखा र पाखा नगर्ने स्पष्ट पार्दै निर्वाचन प्रक्रियाबाट बाहिर रहेका दलहरुलाई पनि निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरे । उनले निर्वाचनमा सहभागी हुने आम नागरिकलाई भ्रममा नपार्न तथा निर्वाचन बिथोल्ने खालका गतिबिधि नगर्न समेत चुनावमा सहभागी नहुने घोषणा गरेका दलहरुलाई आग्रह गरे । उनले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिन नपाइने जनाए । ‘नेपाल सरकारले कुनैपनि राजनीतिक दलहरु प्रति आग्रह र पूर्वाग्रह राखेको छैन ।’ उनले भने, ‘नेपाली भूमिमा संचालनमा रहेका, जन्मिएका, हुर्किएका सबै दलहरु सरकारका लागि बराबर छन् ।’

गृहमन्त्री खाणले दलहरुसँग भएका सहमतिहरुलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कतिपय मागहरुको सम्बोधन भइसकेको र कतिपय मागहरु पुरा हुने प्रक्रियामा रहेको पनि जनाए । संविधान संशोधन बाहेकका मागहरुमा सरकारले माग सम्बोधनको कार्य थालिरहेको बताउँदै उनले ऐन र कानुनमा सुधार गरि सबै दलहरुलाई निर्वाचनमा आउने वातावरण बनाउन सरकार इमान्दार रहेको बताए । ‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरुको माध्यमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ उनले भने, ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, गृहसचिव बिनोद प्रताप सिंह, नेपाली सेनाका रथी सरोज प्रताप राणा, नेपाल प्रहरीका प्रहरी महानिरक्षिक धिरज प्रताप सिंह, शसस्त्र प्रहरीका महानिरक्षिक राजु अर्याल लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १२ : ३८ बजे

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा