१६ बैशाख २०८१, आइतबार | April 28, 2024

डेंगुबाट पत्रकार चाँदनी अधिकारीको निधन



काठमाडौं । डेंगु संक्रमणका कारण पत्रकार चाँदनी अधिकारीको निधन भएको छ । लमजुङको रेडियो भोटेवडारमा कार्यरत अधिकारी डेंगु सक्रमित भई १५ कात्तिकमा लमजुङस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई थप उपचारका लागि बुधबार बिहान चितवन मेडिकल कलेज ९न्यू सिएमसी० पुर्‍याइएकोमा उपचारकै क्रममा ६ः३० बजे निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा डेंगुका कारण अधिकारीको निधन भएकोमा महासंघ स्तब्ध भएको उल्लेख गरेका छन् । अधिकारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जावान युवा पत्रकार गुमाएको उनको भनाइ छ । महासचिव पुरीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ३ : ४२ बजे

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको