२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

बाँके क्षेत्र नं २ मा अग्रगमनलाई रोज्न मतदाता आतुर छन् : इश्तियाक राई



नेपालगन्ज। जनता समाजवादी पार्टी नेपालले बाँकेको क्षेत्र नं २ मा दोस्रो चरणको चुनावी प्रचार प्रसारको तयारी थालेको छ। पहिलो चरणको घरदैलो अभियान सकिएपछि अब उसले क्षेत्रभरि उस्तै आक्रामक चुनावी अभियान थाल्ने जनाएको छ।

निर्वाचन आयोगले बिहीबारदेखि दलहरूलाई दोस्रो चरणका कार्यक्रमहरू गर्न अनुमति दिएको थियो। जसपाका अनुसार यो चरणमा जसपाले क्षेत्र नं २ मा निर्वाचन आयोगले भनेअनुसार चुनावी आमसभा र मतदाता भेटघाट कार्यक्रमहरूलाई निरन्तरता राख्नेछ।

जसपा बाँके क्षेत्र नं २ का चुनाव प्रचार प्रसार समितिकाअनुसार बिहीबार पनि उम्मेदवारहरूले घरदैलो अभियान तथा मतदाता भेटघाट गरेका छन्। आजबाट जसपाले स्वंयसेवकहरूलाई खटाएर मतदाताहरूलाई मतपत्रमा सही तरिकाले छाप लगाउन सिकाउनेलगायतका कामहरू गर्ने सो पार्टीले जनाएको छ । त्यस्तै केही दिनमै उम्मेदवारहरूले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने पनि जसपाले जनाएको छ।

बिहीबार भएका घरदैलो तथा भेटघाटहरूमा जसपाका बाँके क्षेत्र नं २का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद इश्तियाक राईले मतदाताहरूको विश्वास नतोड्ने बाचा गरेका थिए । ‘मैले विगतमा काम गरेकै आधारमा तपाईंहरू फेरि हामीलाई भोट दिन आतुर हुनुहुन्छ। तपाईंले हामीबाट हुने विकासको अपेक्षा र विश्वासलाई तोड्ने छैनौं’ उनले भने । ‘अब फेरि एकपटक हामीलाई मौका दिनुहोस् बाँकी रहेका विकासका योजनाहरूलाई पूर्णता दिनुछ र फेरि नयाँ योजनाहरूको सिर्जना पनि गर्नुपर्नेछ।’

उनले कसैले फैलाएको भ्रम र अफवाहमा नलागेर सही र जनताको सधै सेवक हुने उम्मेदवारलाई मत दिन पनि अपिल गरे। ‘अब पनि मतदातालाई वेवकुफ ठान्ने र विकास कुरा गर्न नसक्नेहरूले समाजिक सद्भाव भड्काउने खालका भाषणहरू गर्दै हिँडेका छन्’ उनले भने ‘जनतालाई थाहा छ कस्ता उम्मेदवारलाई भोट दिने भनेर गाली गलौजले कसैले चुनाव जित्दैन।’

उनले फेरि पनि देशको शासन व्यवस्था खल्बल्याउन खोज्ने र फेरि पनि उही पुरना मुद्दाहरू बोकेर चुनावी मैदानमा आएकाहरूलाई परिवर्तनकारी जनताले आफूहरूलाई कुरिरहेको पनि बताए।

‘बाँके क्षेत्र नं २ मा मतदाताले अग्रगमनलाई नै रोज्नेछन्। फेरि पुरानो युग ब्युँताउन खोज्नेहरूलाई जनताले पाखा लगाउने दिन नजिकिदैंछ। पश्चगमनले कहिल्यै जित्न सक्दैन।’

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : २५ बजे

तीन दिनपछि खुल्यो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक । बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ

सीमामा भन्सार कडाइ : महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

महेन्द्रनगर । पश्चिम नेपालका नेपाल-भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । १९५८ साल

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

म्याग्दी । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी

तन सहरमा, मन गाउँ विकासमा : बुटवल-रामपुर जोड्दै सामाजिक अभियान

बुटवल । रुपन्देही-“जहाँ रहे पनि जन्मभूमिको माया र समुन्नतिका लागि