२५ चैत्र २०८२, बुधबार | April 8, 2026

लुम्बिनी प्रदेश राजधानीको भोलीको शहरलाई प्राकृतिक विपदबाट जोगाउने उपाय खोज्न विज्ञ टोली दाङ जाँदै



काठमाडौं । लुम्बिनी प्रदेशको बन्दै गरेको राजधानीलाई प्राकृतिक बिपत्ति र जोखिमबाट सुरक्षित बनाउन सकिने सम्भावनाहरुको अध्ययन गर्न विश्व समुदायका विज्ञहरुको टोली निर्माणाधिन राजधानी स्थल जाने भएका छन् । नयाँ बस्ती वा पूर्वाधार बनाउने क्रममा भविष्यको पूर्वआँकलन गर्दै जोखिम न्यूनीकरणको सम्भाब्यता अध्ययन गर्न विज्ञहरुको टोली दाङ उपत्यका जाने भएका हुन् ।

अध्धयन टोलीले भोली बन्ने शहरमा प्राकृतिक विपद अन्तर्गत, बाढी पहिरो, भुकम्प, भूक्षय जस्ता विपदबाट कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा अध्धयन र अनुसन्धान गर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणका सीईओ छविराज पोख्रेलले जानकारी दिए । उनले प्रदेश सरकारले निर्माण गर्दै गरेको राजधानीको शहरलाई प्राकृतिक विपदबाट जोगाउने उपायहरु अनुसन्धान गरेर टोलिले प्रदेश सरकारलाई सघाउने बताए ।

पोख्र्रेलका अनुसार भोलिको शहर विषयमा लगातार अध्ययन अनुसन्धानमा रहेका बेलायतको एडिनबर्ग विश्वविद्यालयका प्रोफेसर जोन म्याक्लोस्की, लण्डनका प्रोफेसर कार्मिन गलासो तथा पुल्चोक इन्जिनीयरिङ कलेजका प्रोफेसर सुरज लामिछानेसहितको टोलीमा नेपालबाट एनसेटका उपकार्यकारी निर्देशक डा. रमेश गुरागाईं, साउथ एसिया इन्स्ट्युट अफ एडभान्स्ड स्टडिजका अनुसन्धानकर्ता डा. डिल्लीप्रसाद पौडेल लगायत छन् । भोलीको शहर बिषयमा अध्ययन गरिरहेको प्राकृतिक विपदसँग सम्बन्धित विज्ञहरुको सो टोली शनिबार दाङ देउखुरी पुग्ने छन् ।

शनिबार सानो टोली निर्माणस्थल पुग्ने र जनवरीदेखिअर्को ठूलो टोली लामो समयसम्म देउखुरी क्षेत्रमै बसेर अध्ययन गर्ने हिमति भएको प्राधिकरणका सीईओ पोख्रेलले जानकारी दिए । अध्ययन टोलीको सबै खर्च उनीहरुकै संस्थाबाट हुने र प्राधिकरणलाई कुनै ब्ययभार नपर्ने पनि उनले बताए ।

टोलीमा बेलायत, टर्की, केन्या र इक्वेडर र नेपाल सहितका विज्ञहरु छन् । अध्ययनकै शिलशिलामा काठमाडौंमा आयोजित टुमारो सिटी सम्मेलनमा लुम्बिनी प्रदेशको राजधानी रहने दाङका राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल (विश्वास), अर्घाखाँचीको शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेल सहभागिता जनाएका थिए । कार्यस्थल पुग्नु पूर्व विदेशी विज्ञहरुले देउखुरीको भौगोलिक, सामाजिक, सांस्कृतिक र विपदका घटनाबारे चासो राखेका थिए ।

सम्मेलनमा सीईओ पोख्रेलले पूर्वाधार विकास प्राधिकरणले तयार पारेको राजधानीको गुरुयोजना प्रस्तुत गरेका थिए । गुरुयोजना अनुसार राप्ती नदी वारि र पारिको क्षेत्रलाई समेटर नदी सभ्यतामा आधारित आधुनिक र सांस्कृतिक शहरको विकास गर्ने लक्ष्य राखिएको छ । दाङको राप्ती गाउँपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं ८ र ९ तथा दाङकै गढवा गाउँपालिका वडा नं १, २ र ३ को ४ सय ८० वर्ग किलोमिटर क्षेत्रमा पूर्वाधारहरु बनाइने छ ।

जलवायुजन्य असरका कारण निम्तिनसक्ने विभिन्न किसिमका विपद्का घटनाबाट पुग्नसक्ने क्षतिको पूर्वअनुमान र अध्ययन गरी त्यही अनुसारको व्यवस्थापनका लागि उनीहरुले प्रदेश सरकारलाई सुझाव प्रस्तुत गर्ने पोख्रेलले बताए ।

लुम्बिनी प्रदेश सरकारले २०७७ असोज १६ गते राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा शितगंगा नगरपालिकाका वडा नं। ८ र ९ नम्बर वडालाई समेट्ने गरी देउखुरी उपत्यकामा राजधानी बनाउने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १० : १९ बजे

खैरहनीद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन । चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक

गहुँको मूल्यमा गिरावट ,समर्थन मूल्य तोक्न किसानको आग्रह

कैलाली । जिल्लाका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

पर्सा । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा,

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको