१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?



काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज (शुक्रबार) दोस्रो साता पुगे पनि हलहरुमा भने दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ ।

मोफसल यात्राको प्रचारप्रसारमा निस्किएको निर्माण टिम र कलाकारहरुको टोली बुटवलबाट शुक्रबार चितवन आइपुगेको छ । देशव्यापी रुपमा प्रचारप्रसारमा निस्किएको निर्माण टिमले नेपालगञ्जका दर्शकहरुसँग बसेर फिल्म हेरेर बुटवल हुँदै शुक्रबार चितवनका दर्शकसँग प्रतिक्रिया लिइरहेको छ । यो समाचार तयार पार्दासम्म फिल्मले करिब पाँच करोड कमाएको निर्देशक प्रदीप भट्टराईको दाबी छ ।

शुक्रबार चितवनका दर्शकहरुसँगै फिल्म हेरेर निर्देशक प्रदीपसहितको टोली शनिबार काठमाडौँ फर्किने कार्यक्रम छ । एकल बुबाको बुढ्यौलीमा बसेको प्रेमले ल्याउने उत्तारचढावलाई फिल्ममा देखाइएको छ । फिल्ममा हरिवंश आचार्य र गौरी मल्ललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ ।

फिल्ममा हरिवंश अचार्य र गौरी मल्लका अलावा मदनकृष्ण श्रेष्ठ, रवीन्द्र सिंह बानियाँ, अरूण क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेललगायत कलाकारको अभिनय छ ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा फिल्म बनेको हो । जात्रा, जात्रै जात्रा, शत्रुगते जस्ता सफल मानिएका फिल्मका निर्देशक प्रदीप भन्छन्, ‘काठमाडौँ फर्किएसँगै फेरि अर्को चरणको प्रचारप्रसारमा लाग्छौँ ।’ एकैसाथ परिवारका सबै सदस्यहरुले हलमा आएर महापुरुष हेरेको र कोही रुँदै त कोही हाँस्दै घर फर्किएको दर्शकको प्रक्रिया पाउँदा खुसी लागेको निर्देशक प्रदीप बताउँछन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : ४४ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको