२१ भदौ २०८३, आइतबार | September 6, 2026

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?



काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज (शुक्रबार) दोस्रो साता पुगे पनि हलहरुमा भने दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ ।

मोफसल यात्राको प्रचारप्रसारमा निस्किएको निर्माण टिम र कलाकारहरुको टोली बुटवलबाट शुक्रबार चितवन आइपुगेको छ । देशव्यापी रुपमा प्रचारप्रसारमा निस्किएको निर्माण टिमले नेपालगञ्जका दर्शकहरुसँग बसेर फिल्म हेरेर बुटवल हुँदै शुक्रबार चितवनका दर्शकसँग प्रतिक्रिया लिइरहेको छ । यो समाचार तयार पार्दासम्म फिल्मले करिब पाँच करोड कमाएको निर्देशक प्रदीप भट्टराईको दाबी छ ।

शुक्रबार चितवनका दर्शकहरुसँगै फिल्म हेरेर निर्देशक प्रदीपसहितको टोली शनिबार काठमाडौँ फर्किने कार्यक्रम छ । एकल बुबाको बुढ्यौलीमा बसेको प्रेमले ल्याउने उत्तारचढावलाई फिल्ममा देखाइएको छ । फिल्ममा हरिवंश आचार्य र गौरी मल्ललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ ।

फिल्ममा हरिवंश अचार्य र गौरी मल्लका अलावा मदनकृष्ण श्रेष्ठ, रवीन्द्र सिंह बानियाँ, अरूण क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेललगायत कलाकारको अभिनय छ ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा फिल्म बनेको हो । जात्रा, जात्रै जात्रा, शत्रुगते जस्ता सफल मानिएका फिल्मका निर्देशक प्रदीप भन्छन्, ‘काठमाडौँ फर्किएसँगै फेरि अर्को चरणको प्रचारप्रसारमा लाग्छौँ ।’ एकैसाथ परिवारका सबै सदस्यहरुले हलमा आएर महापुरुष हेरेको र कोही रुँदै त कोही हाँस्दै घर फर्किएको दर्शकको प्रक्रिया पाउँदा खुसी लागेको निर्देशक प्रदीप बताउँछन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : ४४ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका