२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

उम्मेदवार घिमिरे मतदाताको घरदैलोमा



बुटवल । रुपन्देहीको क्षेत्र न ५ नेकपा एमाले, राप्रपा र जसपाले चुनावी अभियान तीव्र पारेका छन् । यसैक्रममा कञ्चन गाउँपालिका वडा नं. १ मा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ९ लगायत अन्य वडामा घरदैलो समेत गरिएको छ ।

घरदैलोको क्रममा जनताको समस्या बुझ्दै रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरे क्षेत्र नं. ५ मा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सशक्तिकरणका क्षेत्रमा रहेका तमाम समस्या हल गर्ने प्रतिबद्धता जनाए । घरदैलोमा प्रदेशसभा सदस्य पदका उम्मेदवारहरु भुमिश्वर ढकाल, प्रदेश रामचन्द्र यादवको पनि सहभागिता रहेको थियो ।

प्रतिनिधिसभाका एमाले, राप्रपा र जसपाका साझा उम्मेदवार बासुदेव घिमिरे तिलोत्तमा नगरपालिकाका प्रथम नगर प्रमुख हुन् । तिलोत्तमा नगरपालिकाको पहिलो नगर प्रमुख हुँदा उनको नेतृत्वमा भएका कामका कारण तिलोत्तमा नगरपालिका देशकैं नमूना नगरपालिका बन्न सफल भएको छ ।

पाँच वर्षे कार्यकालमा बासुदेव घिमिरेको नेतृत्वमा तिलोत्तमा नगरपालिकामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रुपान्तरणको क्षेत्रमा थुप्रैं रचनात्मक कामहरु भएका छन् । तिलोत्तमा नगरपालिकाले सुरु गरेका गरेका कामहरु अन्य पालिकाहरुले समेत अनुसरण गर्दै गएका छन् ।

उनको नेतृत्वमा भएका कामको कारण अचेल यहाँका बासिन्दाहरु तिलोत्तमाबासी हुन पाएकोमा गर्व गर्छन् । बासुदेव घिमिरेको अगुवाईमा तिलोत्तमा नगरपालिकामा भएका कामले यहाँका विद्यालय, स्वास्थ्य संस्था, सडक, कृषि, खानेपानी, सरसफाईलगायतका सबै क्षेत्रमा देखिने प्रगति भएको छ । एउटा असल, सक्षम र स्वच्छ छविको व्यक्ति जनप्रतिनिधि बन्दा सबै क्षेत्रमा परिवर्तन गर्न सकिन्छ भन्ने कुराको पुष्टि बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकामा देखाएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ४ : ०६ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु