२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

मिचिएको जमिन पनि फिर्ता ल्याउँछौंः ओली



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याएरै छाड्ने बताएका छन् । शुक्रबार दार्चुलाबाट सुरु भएको एमाले चुनावी सभालाई खलंगामा सम्बोधन गर्दै उनले आफ्नो पार्टीले चुनाव जितेर सरकार बनाएमा लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्ने दाबी गरे ।

‘आज दार्चुलाबाट हामीले चुनावको विशेष अभियान थालेका छौं । दार्चुलाको खलंगामा उभिएर म दुईवटा कुरा ग्यारेन्टी गर्न चाहन्छु– पछाडि परेको क्षेत्रलाई हामी विकासको मूलधारमा ल्याउँछौं । राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च पनि जमिन कसैलाई मिच्न दिनेवाला छैन, मिचिएको जमिन पनि फिर्ता ल्याउँ,’ उनले भने ।

एमालेले शुक्रबारदेखि चुनावी अभियान थालेको हो । यसपटक ओली सुदूरपश्चिम हुँदै पूर्वतिर चुनाव प्रचार प्रसारमा लाग्ने भएका छन् । ओली २७ कात्तिकसम्म जिल्ला जिल्लामा आयोजित चुनावी सभामा सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १ : १३ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु