२ पुस २०८२, बुधबार | December 17, 2025

रुपन्देही-२ : गठवन्धनका उम्मेदवारहरु पनि निस्के घरदैलोमा



बुटवल । वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरु घरदैलोमा व्यस्त भएका छन । रुपन्देही क्षेत्र नं २ का उम्मेदवारहरुले मतदातासंग भोट माग्न घरदैलोमा पुगेका हुन ।

बुटवल उप–महानगरपालिका वडा नं ८ सुख्खानगरमा शुक्रवार घरदैलोमा पुगेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार केशव ब. थापा (सूर्यवंशी), प्रदेश सभा सदस्य पदका उम्मेदवार वामदेव क्षेत्रीलाई समर्थक मतदाताहरुले टोलमा स्वागत गरेका थिए ।

दुवै जना उम्मेदवार बुटवल सुख्खानगरवासी हुन । राष्टिर्य जनमुक्ति पार्टीका केन्द्रिय कार्यकारी अध्यक्ष समेत रहेका उम्मेदवार थापाले पटकपटक एउटै व्यक्तिलाई जिताइ रहने तर जनताको समस्या हल गर्न नसक्नेलाई जिताउनुको कुनै अर्थ नहुने बताउदै बुटवलको लागि नयां अनुहारलाई जिताउन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सदस्य समेत रहेका प्रदेश सभा सदस्य पदका उम्मेदवार क्षेत्रीले बुटवलको विकासमा आफ्नो उम्मेदवारी रहेको बताउदै मत दिएर जिताउन आग्रह गरेका थिए । त्यसैगरी प्रतिनिधि सभाका उम्मेदवार थापा र निर्वाचन क्षेत्र नं २ (१)प्रदेश सभा सदस्य पदका उम्मेदवार दिर्घ बहादुर केसी (कुमार) बुटवल ११ मा घरदैलो कार्यक्रममा व्यस्त भएको गठबन्धनको प्रचार डेक्सले जानकार िदिउको छ ।
घरदैलो कार्यक्रममा गठवन्धन दलका कार्यकर्ताहरुले उत्साहजनक देखिएको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ३३ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन