१ आश्विन २०८३, बिहिबार | September 18, 2026

ट्वीटरले हटायो आधा कर्मचारी



न्युयोर्क । विश्वका धनाढ्य एलन मस्कले लिएपछि ट्विटरले आफ्ना ७ हजार ५ सय कर्मचारीमध्ये आधालाई हटाएको छ । कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार संस्था एएफपीले जनाएको हो ।

मस्कले लागत घटाउनको लागि ट्विटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए । यसअघि ट्विटरका एकमात्र निर्देशक र सीईओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् ।

मस्कले अक्टोबर २८ मा ट्वीटरको ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व लिएका थिए । स्वामित्वमा लिएपछि मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह-स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : ४५ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा