८ माघ २०८२, बिहिबार | January 22, 2026

ट्विटरले सधैंका लागि बन्द ग-यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट



काठमाडौं । सामाजिक सञ्जाल ट्विटरले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट @realDonaldTrump सधैँका लागि बन्द गरिदिएको छ ।

ट्रम्पले हिंसालाई प्रशय दिने खालका ट्वीटहरु डिलिट नगरेका कारण थप हिंसा बढ्ने आशंकाले ट्वीटर अकाउन्ट बन्द गरेको ट्वीटरले जनाएको छ । ‘हालै उनले गरेका ट्विटको समीक्षा र घटना विचार गर्दा थप हिंसा भड्काउने जोखिम देखिएपछि हामीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छौ,’ ट्विटरले लेखेको छ ।

ट्वीटरले आफ्नो अकाउन्टमा प्रतिबन्ध लगाएपछि ट्रम्पने क्रुद्ध प्रतिक्रिया जनाउँदै आफु चुप लागेर नबस्ने चेतावनी दिएका छन् । सरकारी आधिकारिक @POTUS ह्याण्डलबाट जवाफ फर्काउँदै ट्रम्पले ट्वीटरको कदमले वाक स्वतन्त्रताको हनन गरेको जनाएका छन् । उनले ट्वीटरका कर्मचारीहरु डेमोक्रयाट् र उग्रवामपन्थीहरु मिलेर आफ्नो अकाउन्ट बन्द गरेको भन्दै ट्रम्पले ट्वीटरमाथि कारवाहीको संकेत गरेका छन् । सरकारले दिएको सेक्सन २३० विना ट्वीटर चल्न नसक्ने चेतावनी ट्रम्पको छ । यसबारे अन्य विभिन्न पक्षहरुसँग सम्बादमा रहेको र छिट्टै नयाँ घोषणा गर्ने उनले जनाएका छन् ।

दुई दिन अघि अमेरिकी संसदमा आफु समर्थकहरुले गरेको आक्रमणलाई ट्रम्पले देशभक्तिपूर्ण कार्य भन्दै ट्वीट गरेका थिए । पछि ट्वीटरले ट्रम्पको ट्विटर अकाउन्ट १२ घण्टाका लागि प्रतिबन्ध लगाएको थियो ।

गत बुधबार ट्रम्पका समर्थकले अमेरिकी संसदभित्रै हिंसात्मक आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको थियो । बाइडेनको जित अस्वीकार गर्न ट्रम्पकै उक्साहटमा उक्त आक्रमण भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

उक्त घटनापछि ट्रम्पले हिंसा भड्काउने पोस्ट जारी राखेको भन्दै ट्विटरले प्रतिबन्ध लगाएको हो । यसअघि पनि ट्विटरले ट्रम्पलाई सामाजिक सद्भाव खलबलिने सामग्री ट्विटरमा पोष्ट नगर्न बेलाबेलामा चेतावनी दिँदै अकाउन्ट बन्द गर्ने धम्की दिँदै आएको थियो ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ७ : ५६ बजे

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ