२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

देश खान होइन देशको शत्रु खान उम्मेदवार भएको हुँ : स्वतन्त्र उम्मेदवार खड्का



भैरहवा । रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशवविक्रम खड्काले कुनै पनि उम्मेदवार ठूलो सानो नहुने भएकाले राज्यले समान व्यवहार गर्नु पर्ने बताएका छन् ।

गृहमन्त्रीसहित २२ जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा सबैलाई समान व्यवहार हुनुपर्ने उनले बताए । उनले भने, ‘राज्य सत्तामा भएकालाई एउटा व्यवहार नभएकालाई अर्को गर्नुभएन ।’

हालसम्म कुनै दलमा आबद्ध नभएको दाबी गर्दै खड्काले आफ्नो प्रतिस्पर्धी नै नभएको दावी गरे । उनले आफूलाई बाघको संज्ञा दिँदै भने, ‘म बाघ हो, देशका शत्रु खान्छु भनेर आएको छु । अरु उम्मेदवार त देशलाई खाने बाघ हुन् उनीहरूले स्वजातिलाई समेत खान्छन् ।’

भैरहवमा शनिवार पत्रकारसँग परिचय गर्दै उनले देशको शत्रु नाश गर्न कै लागि उम्मेदवारी दिएको बताए । उनले निर्वाचन जित्न खर्च गर्न नपर्ने पनि बताए । निर्वाचन आयोगले २० लाखको लिमिट दिए पनि आफ्नो १० लाख पनि खर्च नहुने बताए ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ३ : ३४ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु