१ माघ २०८२, बिहिबार | January 15, 2026

देश खान होइन देशको शत्रु खान उम्मेदवार भएको हुँ : स्वतन्त्र उम्मेदवार खड्का



भैरहवा । रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशवविक्रम खड्काले कुनै पनि उम्मेदवार ठूलो सानो नहुने भएकाले राज्यले समान व्यवहार गर्नु पर्ने बताएका छन् ।

गृहमन्त्रीसहित २२ जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा सबैलाई समान व्यवहार हुनुपर्ने उनले बताए । उनले भने, ‘राज्य सत्तामा भएकालाई एउटा व्यवहार नभएकालाई अर्को गर्नुभएन ।’

हालसम्म कुनै दलमा आबद्ध नभएको दाबी गर्दै खड्काले आफ्नो प्रतिस्पर्धी नै नभएको दावी गरे । उनले आफूलाई बाघको संज्ञा दिँदै भने, ‘म बाघ हो, देशका शत्रु खान्छु भनेर आएको छु । अरु उम्मेदवार त देशलाई खाने बाघ हुन् उनीहरूले स्वजातिलाई समेत खान्छन् ।’

भैरहवमा शनिवार पत्रकारसँग परिचय गर्दै उनले देशको शत्रु नाश गर्न कै लागि उम्मेदवारी दिएको बताए । उनले निर्वाचन जित्न खर्च गर्न नपर्ने पनि बताए । निर्वाचन आयोगले २० लाखको लिमिट दिए पनि आफ्नो १० लाख पनि खर्च नहुने बताए ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ३ : ३४ बजे

मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी । म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति

माघे सङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति

‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’

चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटेल ग्लोबल परिसरमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा । सिरहाको लहान नगरपालिकाले मातृ-शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी