३० भदौ २०८१, आइतबार | September 15, 2024

राप्रपा अध्यक्ष लिङ्देन भन्छन् – देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चियो



गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताएका छन् ।

शनिबार गोरखामा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले वाइडबडी, ललिता निवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाएको बताए ।

अध्यक्ष लिङ्देनले विभिन्न पार्टी भनेर देखावटी भनाभन गरे पनि भ्रष्टाचार गर्ने बेलामा सबै एक ठाउँमा उभिने परिपाटी ठूला भनिएका राजनीतिक दलमा रहने गरेको बताए । राजनीतिक दलहरूको मनोमानीका कारण समाज विभाजित भइरहेको र देशको एकता संकटमा परेको लिङदेनको भनाइ छ ।

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति इंगित गर्दै अहिले ठूला भनिएका राजनीतिक दलहरूले जनताको लागि नभइ विदेशीहरूका लागि सरकार बनाउँछु भन्ने भाषण गर्दै हिँडेको समेत बताए ।

उनले नेपालको संविधान कस्तो हुनुपर्छ भन्नेकुरा विदेशीहरुलाई भन्ने गरेको उल्लेख गरे । उनले नेपालको राजनीतिमा विदेशीको आशीर्वाद, समर्थन बिना मन्त्री, प्रधानमन्त्री हुनसक्ने स्थिति नरहेको पनि दाबी गरे । उनले नेपाली नेताहरूमा विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भएको बताए ।

अध्यक्ष लिङदेनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आम जनताको आकंक्षा पूरा गर्ने र देश बचाउने मौका भएको दाबी गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : ५६ बजे

बन्द भए चितवनका इँटा उद्योग

चितवन । गुणस्तरीय इँटा उत्पादन हुँदै आएको यहाँका सबै इँटा

सभामुखले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक शुरु

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक

नारायणी नदीपारिको सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

काठमाडौँ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको

कोलकाता बलात्कार केस- मेडिकल कलेजका पुर्व प्रमुख र पुलिस स्टेशन इन्चार्ज प्रक्राउ

काठमाडौँ । भारतको कोलकाताको सरकारी आरजी कार मेडिकल कलेज अस्पतालमा

राजदुतबारे निर्णय गर्ने संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित

काठमाडौं । प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय