८ बैशाख २०८१, शनिबार | April 20, 2024

नेपाली उम्मेदवारको शहरभरी भारतीय गाडीको लस्कर, स्थानीय प्रशासन मुकदर्शक (फोटोफिचर)



नेपालगन्ज । बाँके क्षेत्र नं. २ का उम्मेदवार इरफान अहमद शेषले भारतीय नम्बर प्लेटका गाडीलाई चुनावी प्रचारमा प्रदर्शन गरेर बाँके प्रशासनलाई चुनौती दिएका छन् । चुनावी प्रदर्शनमा भारतिय नम्बर प्लेटका गाडीहरुको लस्कर लगाएर बाँके प्रशासनलाई उम्मेदवार शेषले चुनौती दिएका हुन् ।

जनमत पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका शेषले भारतीय गाडीको लस्कर लगाएर नेपालगन्जमा कारहरुकै ¥याली निकालेका हुन् । जेसीभीको अगाडि उभिएर प्रदर्शनमा सहभागी भएका उम्मेदवार शेषले आफ्नो ब्यानर र झण्डा सहित २० बढी भारतीय कारको लस्कर लगाएर नेपालगन्जमा प्रदर्शन गरेका छन् ।

खुल्लेआम भारतीय कारमा स्वतन्त्र उम्मेदवार शेषको प्रचार समाग्री सजाएर प्रदर्शन गरिएपनि स्थानीय प्रशासनले भने कुनै प्रतिक्रिया नजनाई मौन बसेको छ । ट्राफिक प्रहरीले सुरक्षा र यात्रा गन्तब्य निर्देशन दिँदै गरिएको प्रदर्शन बारे बाँके प्रहरीलाई भने आधिकारीक जानकारी नगएको प्रहरीले जनाएको छ ।

भारतिय नम्बर प्लेटका गाडीमा चुनावी प्रदर्शनका विषयमा प्रशासन गम्भीर रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्ती मगरले बताए । उनले आचारसंहिता विपरित प्रयोग भएको हदसम्म प्रशासनले कारवाही गर्ने समेत जनाए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १० : ०८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल