२१ माघ २०८२, बुधबार | February 5, 2026

नेपाली उम्मेदवारको शहरभरी भारतीय गाडीको लस्कर, स्थानीय प्रशासन मुकदर्शक (फोटोफिचर)



नेपालगन्ज । बाँके क्षेत्र नं. २ का उम्मेदवार इरफान अहमद शेषले भारतीय नम्बर प्लेटका गाडीलाई चुनावी प्रचारमा प्रदर्शन गरेर बाँके प्रशासनलाई चुनौती दिएका छन् । चुनावी प्रदर्शनमा भारतिय नम्बर प्लेटका गाडीहरुको लस्कर लगाएर बाँके प्रशासनलाई उम्मेदवार शेषले चुनौती दिएका हुन् ।

जनमत पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका शेषले भारतीय गाडीको लस्कर लगाएर नेपालगन्जमा कारहरुकै ¥याली निकालेका हुन् । जेसीभीको अगाडि उभिएर प्रदर्शनमा सहभागी भएका उम्मेदवार शेषले आफ्नो ब्यानर र झण्डा सहित २० बढी भारतीय कारको लस्कर लगाएर नेपालगन्जमा प्रदर्शन गरेका छन् ।

खुल्लेआम भारतीय कारमा स्वतन्त्र उम्मेदवार शेषको प्रचार समाग्री सजाएर प्रदर्शन गरिएपनि स्थानीय प्रशासनले भने कुनै प्रतिक्रिया नजनाई मौन बसेको छ । ट्राफिक प्रहरीले सुरक्षा र यात्रा गन्तब्य निर्देशन दिँदै गरिएको प्रदर्शन बारे बाँके प्रहरीलाई भने आधिकारीक जानकारी नगएको प्रहरीले जनाएको छ ।

भारतिय नम्बर प्लेटका गाडीमा चुनावी प्रदर्शनका विषयमा प्रशासन गम्भीर रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्ती मगरले बताए । उनले आचारसंहिता विपरित प्रयोग भएको हदसम्म प्रशासनले कारवाही गर्ने समेत जनाए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १० : ०८ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता