१ श्रावण २०८२, बिहिबार | July 18, 2025

अवदेखि आइपीओ जारी गर्दा तीन पटक सूचना प्रकाशित गर्नुपर्ने



काठमाडौं । अब स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले आइपीओ जारी गर्दा तीन पटक सार्वजनिक निष्काशनको लागि सूचना प्रकाशित गर्नुपर्ने भएको छ । कम्पनीले स्थानीय प्रभावित क्षेत्रका जनतालाई पहिलोपटक, वैदेशिक रोजगारमा गएकालाई दोस्रोपटक र सर्वसाधारणलाई तेस्रोपटक शेयर निष्काशन गर्नुपर्नेछ ।

नेपाल धितोपत्र बोर्डले हालै वैदेशिक रोजगारीमा गएका कामदारलाई पनि आइपीओमा १० प्रतिशत कोटा तोकेपछि त्यस्ता कम्पनीले तीन पटक सार्वजनिक निष्काशन गर्नुपर्ने भएको हो । स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले यसअघि आयोजना प्रभावित जनताका लागि भनेर पहिलोपटक कुल शेयरको १० प्रतिशत शेयर प्राथमिक निष्काशन गर्दथ्यो ।

आयोजना प्रभावितलाई बाँडफाँड गरिसकेर बाँकी रहेको शेयर समेत थप गरेर पुनः सर्वसाधारणको लागि सार्वजनिक निष्काशन हुने गरेको थियो । दुईपटक शेयर निष्काशन गर्नुपर्दा नै प्रक्रिया जटिल भयो भनेर गु्नासो गर्नेहरुले वैदेशिक रोजगारीमा जानेहरुको लागि पनि फेरि छुट्टै आइपीओ जारी गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : ४६ बजे

खजुराको आयुर्वेदशाखाबाट गत आवमा २१ हजार २ सय १८ नागरिकलाई सेवा प्रदान

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अन्तरर्गत रहेको नागरिक आरोग्य सेवा

वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले असार मसान्तसम्म्को ऋणको

आजबाट श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौँ । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम

२ बजे सुरु भएको एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ

एन आई सी एशियाको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

काठमाडौ । एन आई सी एशिया बैंकले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको