२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

बाँके-२ (ख) मा कांग्रेस उम्मेदवार हमालको घरदैलोमा स्थानीयको भिड



नेपालगन्ज । बाँकेको प्रदेश सभा-२ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र हमालको पक्षमा मत माग्न समर्थकहरु सडकमा निस्केका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा आइतबार बिहान घरदैलो गर्न पुगेका हमाललाई साथ दिन नेपाली कांग्रेसका नेता, कार्यकर्ता मात्र होईन, हमालका शुभचिन्तक तथा समर्थकहरु पनि सडकमा निस्केका हुन् ।

घरदैलोका क्रममा उपस्थित भएका उम्मेदवार हमालले रुख चिन्हमा मतदान गरि आफुलाई निर्वाचित गराउन आग्रह गर्दैै निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रका अधुरा काम पुरा गर्ने प्रतिवद्धता जनाए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित वडा स्तरिय सम्पर्क कार्यालयबाट सुरु भएको घरदैलो वडा नम्बर १२ अन्र्तगत पर्ने विभिन्न टोलमा पुगेर स्थानीयसँग उम्मेदवारले मत मागेका थिए ।

घरदैलोका क्रममा प्रदेश सभाका उम्मेदवार हमाल, कांग्रेस बाँकेका निर्वतमान जिल्ला उपसभापति सुनिल नरसिंह राणा, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, जिल्ला सदस्य अमृतकुमार आचार्य, वडा नम्बर १२ का वडाअध्यक्ष तरुण बज्राचार्य, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुनिलसिंह हमाल लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ता, युवा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ४ : १० बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५