१४ असार २०८३, आइतबार | June 28, 2026

बाँके-२ (ख) मा कांग्रेस उम्मेदवार हमालको घरदैलोमा स्थानीयको भिड



नेपालगन्ज । बाँकेको प्रदेश सभा-२ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र हमालको पक्षमा मत माग्न समर्थकहरु सडकमा निस्केका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा आइतबार बिहान घरदैलो गर्न पुगेका हमाललाई साथ दिन नेपाली कांग्रेसका नेता, कार्यकर्ता मात्र होईन, हमालका शुभचिन्तक तथा समर्थकहरु पनि सडकमा निस्केका हुन् ।

घरदैलोका क्रममा उपस्थित भएका उम्मेदवार हमालले रुख चिन्हमा मतदान गरि आफुलाई निर्वाचित गराउन आग्रह गर्दैै निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रका अधुरा काम पुरा गर्ने प्रतिवद्धता जनाए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित वडा स्तरिय सम्पर्क कार्यालयबाट सुरु भएको घरदैलो वडा नम्बर १२ अन्र्तगत पर्ने विभिन्न टोलमा पुगेर स्थानीयसँग उम्मेदवारले मत मागेका थिए ।

घरदैलोका क्रममा प्रदेश सभाका उम्मेदवार हमाल, कांग्रेस बाँकेका निर्वतमान जिल्ला उपसभापति सुनिल नरसिंह राणा, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, जिल्ला सदस्य अमृतकुमार आचार्य, वडा नम्बर १२ का वडाअध्यक्ष तरुण बज्राचार्य, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुनिलसिंह हमाल लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ता, युवा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ४ : १० बजे

प्रतिगमनविरुद्ध लोकतान्त्रिक र वामपन्थी शक्ति एक हुनुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

वामपन्थी सहकार्य अहिलेको आवश्यकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

भावनाले होइन, आत्ममन्थनपछि मात्रै सम्भव छ कम्युनिस्ट एकता : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

वामपन्थी एकताको समय आएको छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा