२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

जनकपुरमा बोलेरो दुर्घटना : नवजात शिशुसहित आमाको मृत्यु, ६ जना घाइते



जनकपुरधाम । बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा एक महिला र एकदिने नवजात शिशुको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बोलेरो दुर्घटना हुँदा उनीसहित एकदिने नवजात शिशुको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

सेन्ट्रल हस्पिटलबाट सुत्केरी बिरामीलाई बाहिर लगिरहेको ना ३ च ३५७५ नम्बरको बोलेरो लक्ष्मीनिया बजार र निकालको बीचमा रहेको सर्फ फ्याक्ट्री अगाडि डिभाईडरमा ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार लक्ष्मीनिया ५० वर्षीया चन्द्र्कालादेवी महतो, १५ वर्षीय सुदिप सिंह, कमलीदेवी महतो, सन्जुदेवी महतो र फुलोदेवी महतो घाइते भएका छन् ।

घाइते मध्ये सिकिस्त दुई जनालाई बाहिर रेफर गरिएको छ । अन्यको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमा भइरहेको छ ।

 

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : ५० बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु