३० श्रावण २०८३, शनिबार | August 15, 2026

‘स्वदेशमै रोजगारी र लगानीको वातावरण निर्माण गर्छौँ’



काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण निर्माण गर्ने बताएका छन ।

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको आज यहाँ आयोजित बन्दसत्रमा बोल्दै उनले विदेशमा रहेका नेपालीलाई आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन नेकपा (एमाले)ले चाहेको बताए ।

“विदेशमा रहेका नेपालीले आफूसँग भएको ज्ञान, सीप र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकूलको वातावरण र नीति बनाउन एमालेले चाहेको छ”, उनले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको बताए । उनले प्रवासी नेपाली मञ्चलाई महाधिवेशनसम्म ल्याउनका लागि निकै सङ्घर्ष गर्नुपरेको स्मरण गरे ।

सङ्गठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा सङ्गठन हार्ने बताउँदै उनले सङ्गठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने धारणा राखे । उनले सर्वसम्मत नेतृत्व चयन गर्न मञ्चलाई आग्रह गरे ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ०९ बजे

परराष्ट्रमन्त्रीद्वारा भारतीय स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ । मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले