२ पुस २०८२, बुधबार | December 18, 2025

नेयमार चम्कँदा पिएसजीको जित



एजेन्सी । ब्राजिली फरवार्ड नेयमार चम्कँदा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा लोरिएन्टलाई पराजित गरेको छ ।

पिएसजीले लोरिएन्टलाई उसकै मैदानमा २-१ को जित निकालेको हो । पिएसजीको जितमा नेयमारले एक गोसँगै असिस्ट प्रदान गर्दा डानिलो परेराले अर्काे गोल थपे । लोरिएन्टका तेरेम मोफीले एक गोल फर्काए ।लोरि

एन्टमा आइतबार राति भएको खेलको नवौं मिनेटमा नेयमारको गोलबाट पिएसजीले १-० को अग्रता लिन सफल भयो । उनले ह्युगो इटिकेको पासमा गोल गर्न सफल भएका थिए ।

५३औं मिनेटमा तेरेम मोफीले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । उनले इन्जो लि फिको पासलाई सदुपयोग गर्दै लोरिएन्टलाई खेलमा फर्काउने संकेत दिए । त्यसपछि ८१ औं मिनेटमा नेयमारको पासमा डानिलो परेराले गोल गर्दै पिएसजीलाई २-१ को महत्वपूर्ण जित दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको १४ खेलबाट ३८ अंक पुगेको छ । पराजित लोरिएन्ट २७ अंक जोडेर चौथो स्थानमा रहँदा तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ५० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल