१४ असार २०८३, आइतबार | June 28, 2026

नेयमार चम्कँदा पिएसजीको जित



एजेन्सी । ब्राजिली फरवार्ड नेयमार चम्कँदा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा लोरिएन्टलाई पराजित गरेको छ ।

पिएसजीले लोरिएन्टलाई उसकै मैदानमा २-१ को जित निकालेको हो । पिएसजीको जितमा नेयमारले एक गोसँगै असिस्ट प्रदान गर्दा डानिलो परेराले अर्काे गोल थपे । लोरिएन्टका तेरेम मोफीले एक गोल फर्काए ।लोरि

एन्टमा आइतबार राति भएको खेलको नवौं मिनेटमा नेयमारको गोलबाट पिएसजीले १-० को अग्रता लिन सफल भयो । उनले ह्युगो इटिकेको पासमा गोल गर्न सफल भएका थिए ।

५३औं मिनेटमा तेरेम मोफीले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । उनले इन्जो लि फिको पासलाई सदुपयोग गर्दै लोरिएन्टलाई खेलमा फर्काउने संकेत दिए । त्यसपछि ८१ औं मिनेटमा नेयमारको पासमा डानिलो परेराले गोल गर्दै पिएसजीलाई २-१ को महत्वपूर्ण जित दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको १४ खेलबाट ३८ अंक पुगेको छ । पराजित लोरिएन्ट २७ अंक जोडेर चौथो स्थानमा रहँदा तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ५० बजे

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट