४ पुस २०८२, शुक्रबार | December 19, 2025

ट्वीटरले बर्खास्त गरिएका दर्जनौं कर्मचारीहरूलाई फिर्ता बोलायो



न्युयोर्क । एलोन मस्कले ४४ अर्ब डलरमा ट्वीटर अधिग्रहणसँगै शुक्रबार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटाएपछि कम्पनीले अब आफ्नो जागिर गुमाएका दर्जनौं कर्मचारीहरूलाई सम्पर्क गर्दै छ । कम्पनीले केही कर्मचारीलाई फेरि काममा फर्किन आग्रह गरिरहेको ब्लुमबर्ग न्युजले रिपोर्ट गरेको छ ।

फिर्ता हुन भनिएका केहीलाई गल्तीले कामबाट निकालिएको थियो । इलोन मस्कले कल्पना गरेका नयाँ सुविधाहरू निर्माण गर्न उनीहरूको काम र अनुभव आवश्यक हुन सक्छ भन्ने कुरा व्यवस्थापनले महसुस गर्नुअघि अन्य कर्मचारीलाइ जान अनुमति दिइएको थियो ।

ट्विटरले भर्खरै ट्रस्ट र सेफ्टी टिमका कर्मचारीसहित आफ्ना ५०% कर्मचारीहरूलाई हटाएको कम्पनीको सुरक्षा र अखण्डताका प्रमुख योएल रोथले यस हप्ताको सुरुमा ट्वीटमा भनेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको