३० श्रावण २०८३, शनिबार | August 15, 2026

नेकपा एमालेको योजना : लुम्बिनी आसपासमा एक सय शैंयाको अत्याधुनिक अस्पताल



लुम्बिनी । नेकपा एमालेले रुपन्देहीको क्षेत्र नं. ५ मा कम्तिमा एक सय शैंयाको अत्याधुनिक सुविधासम्पन्न अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ । आफ्नो क्षेत्रमा सुविधासम्पन्न अस्पताल नहुँदा यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्थामा एमालेले लुम्बिनी आसपासमा सुविधासम्पन्न अस्पताल निर्माणको योजना अघि बढाएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा एमाले उम्मेदवारहरुले मतदातासँग निःशुल्क स्वास्थ्य सुविधा उपलब्धताको लागि उपस्वास्थ्य चौकीहरुलाई आधुनिक सुविधा सहितको स्वास्थ्य चौकीमा स्तरोन्नती गर्ने प्रतिबद्धता समेत जनाएका छन् । क्षेत्र नं. ५ मा नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरी प्रतिनिधिसभा सदस्य पदमा बासुदेव घिमिरे र प्रदेश सभा सदस्य पदमा भूमिश्वर ढकाल तथा रामचन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार घिमिरेले प्रथम नगर प्रमुख हुँदा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सरसफाई, सामाजिक सशक्तिकरणका क्षेत्रमा गरेका नमूना कामका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिका मुलुककैं नमूना नगरपालिका बन्न सफल भएको छ । उम्मेदवार घिमिरेले सबै पालिकामा सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर बनाइने, रक्तसञ्चार केन्द्र स्थापना गरिने, सबै तहका स्वास्थ्य सेवा केन्द्र तथा अस्पतालमा दक्ष चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको व्यवस्था मिलाइने बताए ।

यस्तै प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले सालझण्डीमा रहेको सर्पदंश अस्पताललाई स्तरोन्नती गर्दै लुम्बिनी आसपासमा अर्को सर्पदंश अस्पताल निर्माण गर्ने, प्रस्तावित ट्रमा अस्पताललाई निर्माण सम्पन्न गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याइने जस्ता स्वास्थ्यसँग सम्बन्धित विषयलाई प्रतिबद्धतामा समेटिएको बताए । जटिल स्वास्थ्य समस्याका रुपमा बढ्दै गरेका मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मृगौला रोग, क्यान्सर, कलेजोलगायतका रोगको परीक्षण तथा उपचारमा नागरिको सहज पहुँच पुग्ने कार्यक्रम ल्याइने समेत उम्मेदवारहरुले बताएका छन् ।

प्रदेशसभा सदस्य पदका उम्मेदवार रामचन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका, विपन्न नागरिकलाई स्वास्थ्य बीमामा राज्यद्धारा लगानी गरिने व्यवस्था मिलाइने बताए । एमालेले महिला स्वास्थ्य स्वयंम्सेविकाहरुको पारिश्रमिक समयानुकल बनाउन पहल गरिने, महामारी, सरुवा रोग निर्मूल पार्नको लागि आवश्यक व्यवस्था मिलइने लगायतका विषयलाई प्रतिबद्धतामा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : ३८ बजे

परराष्ट्रमन्त्रीद्वारा भारतीय स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ । मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले