३० श्रावण २०८३, शनिबार | August 15, 2026

बामदेव गौतम नेतृत्वको एकता अभियानले रुपन्देही-२ मा विष्णु पौडेललाई समर्थन गर्ने



बुटवल । ने.क.पा. राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विष्णु  पौडेललाई समर्थन जनाउने भएको छ । एमाले उपाध्यक्ष पौडेललाई आगामी मंसिर ४ को निर्वाचनमा मतदान गर्न एकता अभियानले आह्वान गरेको हो ।

पौडेललाई समर्थन गरेको जानकारी गराउन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज  महेन्द्र अर्यालले भने-‘बिष्णु पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएका कारण हामीले समर्थन जनाएका हौं ।’ उनले अघि भने  ‘विष्णु पौडेल सिंगो बामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका व्यक्ति हुन् ।  नितान्त एमाले मात्रै नबुझेर उहाँ राष्ट्रको नेता हो । राष्ट्रका लागि आवश्यक नेता हो ।’ यहाँका उद्योगीहरुको लगानी, युवाहरुको रोजगारी लगायतका कुराहरुको ग्यारेन्टीका लागि पनि पौडेललाई जिताउन आवश्यक रहेको उनले बताए ।

बामदेव गौतम नेतृत्वको एकता अभियानका रुपन्देही जिल्ला ईन्चार्ज राधेश्याम गुप्ताले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफूहरुको २५ सय बढी मतदाता रहेको दाबी गरे । आगामी निर्वाचनका लागि एकता अभियानले बुटवलबाट पौडेललाई समर्थन गरेसँगै देशैभरका उम्मेदवारहरुलाई समर्थन गरेर अघि बढ्ने अभियानमा रहेको बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ३ : ०२ बजे

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज । बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।