६ पुस २०८२, आइतबार | December 21, 2025

अमेरिकामा मध्यावधि निर्वाचन : ४ करोडभन्दा बढी अमेरिकीले गरे प्रारम्भिक मतदान



मंगलबारको मध्यावधि निर्वाचनअघि ४ करोडभन्दा बढी अमेरिकीहरूले प्रारम्भिक मतदान गरेका छन्, जुन दुई वर्षअघिको संख्यालाई उछिनेको अमेरिकी निर्वाचन परियोजनाले सोमबार जनाएको छ । अमेरिकीहरू मंगलबार  प्रतिनिधि सभाका ४ सय ३५ सदस्य, सिनेटको एक तिहाइ र राज्य र स्थानीय पदका लागि चुनावमा जाँदैछन् ।

५० अमेरिकी राज्यहरू मध्ये अधिकांशले मतदाताहरूलाई व्यक्तिगत रूपमा वा मेल मार्फत चाँडै मतदान गर्न अनुमति दिन्छन् । यो अभ्यास सन् २०२० को राष्ट्रपति चुनावको समयमा व्यापक भयो, जुन कोभिड–१९ महामारीको समयमा भएको थियो ।

अमेरिकी निर्वाचन परियोजनाका अनुसार सोमबारसम्म १८.५ मिलियनभन्दा बढी प्रारम्भिक भोटहरू व्यक्तिगत रूपमा र २२. मिलियन मेलमार्फत गरी कुल ४०.८ मिलियनले मतदान गरेका छन् । सन् २०१८ को मध्यावधिमा  ३९.१ मिलियनले अग्रिम मदान गरेका थिए । रिपब्लिकन सांसदहरूले धेरै राज्यहरूमा प्रारम्भिक मतदानमा प्राविधिक आपत्तिहरू दर्ता गरेका छन् ।

उदाहरणका लागि पेन्सिल्भेनियामा राज्यको सर्वोच्च अदालतले खाममा लिखित मिति नभएमा मेल गरेर पठाइएका भोटहरू गणना गर्न नसकिने आदेश दिएको छ । यो निर्णयले हजारौं मतपत्रहरूलाई सम्भावित रूपमा असर गर्न सक्छ ।

एजेन्सी

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : १४ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा