२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

काठमाडौं-२ : ओनसरी र मणिरामबीच महासंग्राम



काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत काठमाडौँ क्षेत्र नं २ मा चुनावी चहलपल बढेको छ । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट पूर्वसभामुख ओनसरी घर्ती र नेकपा एमालेबाट नेता मणिराम फुयाँल चुनावी प्रतिस्पर्धामा छन् ।

घर्तीलाई सत्तागठबन्धनमा रहेका दलहरुको समर्थन रहेको छ भने फुयाँल एक्लै चुनावी मैदानमा छन् ।

विसं २०७४ को निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका माधवकुमार नेपाल सो क्षेत्रमा विजयी भएका थिए । नेपालले १२ हजार चार सय ६३ मतान्तरले कांग्र्रेसका उम्मेदवार दीपक कुइँकेललाई पराजित गर्दै २७ हजार तीन सय ६६ मत प्राप्त गरेका थिए । अहिले नेपाल नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष छन्। त्यतिबेला नेपाललाई वाम गठबन्धनको समर्थन थियो ।

गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रका आठ वडामध्ये कांग्रेसले पाँच, एमालेले दुई र एकीकृत समाजवादीले एक वडामा जीत हासिल गरेका छन् ।

उक्त क्षेत्रमा काठमाडौं महानगरपालिका–९ र ३२ तथा कागेश्वरी मनोहरा नगरपालिका– ४, ५, ६, ७, ८ र ९ वडाहरु पर्छन् । जसमध्ये कांग्रेसले काठमाडौं महानगरको ९ र सोही क्षेत्रमा पर्ने कागेश्वरी मनोहराको ५, ७, ८ र ९ वडामा विजयी भएको छ । त्यस्तै एमाले काठमाडौं महानगरको ३२ र कागेश्वरी मनोहराको वडा नं ४ मा विजयी भएको छ ।

कांग्रेसका वडाध्यक्षहरुले कुल नौ हजार पाँच सय ७०, एमालेले १३ हजार आठ सय १५, एकीकृत समाजवादीले पाँच हजार आठ सय ६१ र नेकपा माओवादी केन्द्रका वडाध्यक्षले नौ सय ५० मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि राप्रपा नेपालबाट महेश बास्तोला, नेमकिपाबाट अनिल श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल (उपाध्याय), जनता समाजवादी पार्टी नेपालबाट गोपालबहादुर तण्डुकार, विवेकशील साझाबाट धनेज थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम, नेपाली कांग्रेस (बिपी)बाट हेमविक्रम सिलवाललगायतको उम्मेदवारी रहेको छ ।

क्षेत्र नं २ मा ४० मतदानस्थल र ९५ मतदान केन्द्र निर्धारण गरिएको छ । कुल मतदाताको सङ्ख्या ८१ हजार नौ सय ७० रहेको छ । जसमध्ये महिला ४० हजार नौ र पुरुष ४१ हजार नौ सय ६१ मतदाता रहेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ४ : ०६ बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका-२ स्थित फलबाङ गाउँमा बिहीबार राति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टद्वारा दाबी पेश, आजै शपथ

धनगढी, २९ साउन। । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली

बाजुरा पहिरो अपडेटः बेपत्ता महिलाको शव भेटियो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी

बरामद सबै सामग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बरामद गरेका सञ्चार