३ पुस २०८२, बिहिबार | December 18, 2025

उद्योगलाई लगाइएको डिमाण्ड चार्ज छुट हुन्छ : पूर्वमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले यस क्षेत्रका उद्योगहरुमा लगाइएको डिमान्ड चार्ज छुट गर्ने बताएका छन् ।

मंगलबार तिलोत्तमा ३ को घरदैलो अभियान कार्यक्रममा बोल्दै नेता गिरीले एमाले नेतृत्वको सरकार निर्माणपछि उद्योगहरुलाई डिमान्ड चार्जमा छुट दिने र माग अनुसारको प्रयाप्त विजुली उपलब्ध गराइने बताए ।

यस क्षेत्रका उद्योगीहरुले बारम्बार डिमान्ड चार्ज छुट दिन माग गरेपनि सरकार गम्भिर नबनेको भन्दै एमाले सरकारमा पुगेपछि उद्योगीका सवै समस्या समाधान गर्ने बताए ।

सरकारले लकडाउन अवधिको डिमाण्ड चार्ज शतप्रतिशत र महशुलमा छुट नदिएको भन्दै रुपन्देही उद्योग संघ, उद्योग बाणिज्य संघलगाएतका संघसंस्थाले विद्युत प्राधिकरणलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । ‘यो सरकार बनेको जनताको काम गर्न होइन, भागबण्डामा कसलाई कहाँ राख्ने भन्नेमा मात्र ध्यान हुँदा उद्योगीका समस्या ज्यूका त्यहि छ । त्यो समस्यालाई हामीले समाधान गर्नेछौं ।’ उनले भने । साथै उनले अहिले कतिपय ठाउँमा विद्युत अपुग हुँदा उद्योग सञ्चालनमा कठिनाई भएकाले प्रयाप्त विद्युत उपलब्ध उद्योगीलाई गराउने बताए । ट्रिपिङ समस्या, कच्चा पद्धार्थ आयातमा छुट र निर्यातलाई प्रोत्साहन गर्ने एमालेको नितीनै भएको उनले बताए ।

साथै उनले बुटवलको औद्योगिक क्षेत्रलाई आधुनिक पूर्वाधारयुक्त बनाउने, उद्योगीहरुको समन्व्यमा बर्दघाटदेखि शिवराजसम्म र त्रिवेणीदेखि कृष्णनगर सम्मका उपयुक्त स्थानमा ठूला उद्योग सञ्चालनका लागि जग्गाको पहिचान गरी पूर्वाधार बनाउनेतर्फ जोड दिइने बताए ।

घरदैलोमा हिंडेका गिरीलाई मतदाताले सडक निर्माणका साथै अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न आग्रह गरेका थिए । साथै उनीहरुले तिनाउ दानव कोरिडोरमा पर्ने घरधनीहरुलाई व्यवस्थापन गर्न आग्रह गरेका थिए । मतदाताको गुनासो सुनेपछि नेता गिरीले तिनाउ दानव करिडोरको काम त्यहाँका जनतालाई अनेत्र व्यवस्थापन गरेर मात्र योजना अगाडि बढ्ने बताए । ‘एमाले पहिलेले पहिलेदेखि नै करिडोरका जनतालाई उपमहानगरपालिकाभित्रै व्यवस्थापन गर्ने गरी नै यो परियोजना ल्याएको हो । यो परियोजनाबाट कोही पनि घरबारविहीन हुनुपर्दैन । हामीले सवैलाई उचित स्थानमा राखेर योजनाको काम अघि बढाउँछौ ।’ उनले भने ।
साथै उनले अव्यवस्थित बसोबासीहरुको सन्दर्भमा निर्वाचनमा विजयी भएपछिको पहिलो कार्य अन्तर्गत अव्यवस्थित बसोबासी, भूमिहीनहरुका लागि व्यवस्थापन गर्ने रहेको उनले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ४ : २८ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन