१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कर्णालीको विकासलाई प्राथमिकतामा राखिन्छ : प्रचण्ड


२२ कार्तिक २०७९, मंगलबार  

273
Shares

जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।
यहाँको विकासबारे सत्ता गठबन्धनका बैठकहरुमा पनि छलफल हुने गरेको भन्दै प्रचण्ड आगामी दिनमा आफूले यहाँको विकासका बारेमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

जुम्लाको खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक सहयोग गर्ने पनि बताए ।

उनले भने, ‘‘त्यो विषय मसँग पनि जोडियो । एक पटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चामा आयो । त्यसले बजारीकरणमा टेवा पुग्यो । यहाँको स्याउ, गेडागुडी, सिमी, स्याउको पनि उत्तिकै चर्चा छ । यसको उत्पादनमा वृद्धि गर्नाका साथै प्याकेजिङ र बजारीकरणमा विशेष जोड दिइने छ ।’’

यस्तै जुम्लाको सिञ्जा खस सभ्यताको उद्गमस्थल हो । यसको संरक्षण प्रवद्र्धनका लागि प्रतिष्ठान स्थापना गरी जगेर्ना गरिने अध्यक्ष प्रचण्डले बताए । उनले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन जुम्लाका नागरिकसँग आग्रह पनि गरे ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको विकास र रोजगारी सिर्जना गर्न मङ्सिर ४ पछि सङ्घीय सरकारदेखि कर्णाली प्रदेशमा पनि सत्ता गबठन्धनको सरकार सञ्चालन हुने बताए। जुम्लाका गठबन्धन उम्मेदवारलाई जिताउन जुम्ली जनतासँग उनले आग्रह गरे ।

कर्णालीको स्वास्थ्य, शिक्षा खानेपानी र यतायात क्षेत्रमा विशेष बजेटको व्यवस्था गरी प्रदेशका १० वटै जिल्लाको विकासका लागि सत्ता गठबन्धनको सरकारको आवश्यक रहेको उपसभापति खड्काले जानकारी दिए ।

अबको सरकारले कर्णालीको विकास गर्न विशेष बजेटको व्यवस्थापन गर्ने पनि उपसभापति खड्काले जानकारी दिए । माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काले एकै दिन जुम्ला, कालीकोट र हुम्लामा भएका चुनावी सभलाई सम्बोधन गरेका हनु्।

जुम्लामा गबन्धनबाट प्रतिनिधिसभा सदस्यमा गोमा गौतम कुँवर, प्रदेश सभा (क) मा ललितजङ्ग शाही र प्रदेश (ख) बाट नेकपा (एकीकृत समाजवादी) का पदमबहादुर रोकाया चुनावी मैदानमा छन्।

यसअघि अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार गोमा गौतम कुँवरलार्ई मन्त्री बनाउने प्रतिबद्धता पनि सभामा व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘‘गोमाजीलाई जिताएर पठाउनोस् मन्त्री बनाउने जिम्मा हाम्रो भयो ।’’

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ४ : ५२ बजे

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त