८ बैशाख २०८३, मंगलबार | April 21, 2026

पाकिस्तानमा मनाइयो गुरुनानकको जन्मोत्सव, भारतसहितका देशबाट भेला भए शिख समयुदाय



इस्लामावाद । पाकिस्तानमा शिख धार्मिक समुदायका गुरु नानकदेवको ५५३औं जन्मोत्सव मनाइएको छ ।
जन्मदिनको अवसरमा पाकिस्तानमा रहेका शिख समुदायले ६ नोभेम्बरदेखि १५ नोभेम्बरसम्म विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् ।

जन्मोत्सवको अवसरमा भारतको (वाघा बोर्डर हुँदै आएका) र अन्य विभिन्न देशहरूबाट जम्मा भएका शिख यात्रीहरूले गुरुद्वारा जन्मस्थान, गुरुद्वारा पन्जा साहिब, गुरुद्वारा डेरा साहिब, गुरुद्वारा दरबार साहिब करतारपुर र गुरुद्वारा रोरी साहिबको भ्रमण गर्दैछन् ।

आज ८ नोभेम्बरका दिन गुरुद्वारा जन्मस्थान, ननकाना साहिबमा जन्मोत्सवको मुख्य समारोह रहेको “भोग अखंड पाठ साहिब“ मनाइएको छ ।

विश्वभरबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्ने प्रयासको एक भागको रूपमा शिख तीर्थयात्रीहरूलाई खुल्ला दिलले स्वागत गर्न जारी राखेको पाकिस्तानले जनाएको छ । केही वर्षअघि पाकिस्तानले भारतका शिख तीर्थयात्रीहरुको सुविधाका लागि करतारपुर कोरिडोर खुला गरेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : २१ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति