१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आफ्नो प्रचार छाडेर प्रभु साह कांग्रेसका बागी इच्छा वाग्लेको चुनावी कार्यक्रममा 



बारा । रौतहट–३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह आफ्नो चुनावी प्रचार प्रसारलाई छाडेर बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको चुनावी कार्यक्रममा सहभागी भएका छन् ।

माओवादी त्यागेर एमालेमा प्रवेश गरेका साहले २३ असोजमा मनोनयन दर्ता गर्ने क्रममा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेको कारबाहीमा परेपछि पार्टी परित्याग गरेका साह मंगलबार फेटामा सम्पन्न वाग्ले चुनावी सभामा सहभागी भएका हुन् ।

साह वाग्लेको चुनावी प्रचारलाई सहयोग गर्न बारा आएका हुन् । उनले वाग्लेलाई जिताउन आग्रह पनि गरे । आफ्नो चुनावी प्रचार छाडेर साह बारामा आउनुलाई अर्थपूर्ण रुपमा स्थानीयले हेरेका छन् । बाराको विकासमा आफू सहभागी हुने भन्दै मतदातालाई विश्वास दिलाउन खोजेका साहले आफू रौतहटको भए पनि वाग्लेको जितपछि बारा९४ को विकासका लागि सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

सभामा स्वतन्त्र उम्मेदवार वाग्लेले आफ्नो स्वतन्त्र उम्मेदवारी लोकतन्त्र रक्षाका लागि भएको बताए । गठबन्धनको नाममा बढ्दो राजनीतिक विकृतिलाई अन्त्य गर्नका लागि मुलुकमा स्वतन्त्र अभियान सुरु भएको वाग्लेले बताए ।

जनताको मन जितेर एक्लै चुनाव लड्न नसक्ने स्थिति भएपछि विचार नै नमिलेका दलहरु चुनावको समयमा गठबन्धन गर्नु भनेको सत्तामा पुग्ने फोहोर खेलबाहेक अरु केही नभएको वाग्लेको भनाइ थियो । वाग्लेले त्यस्ता अराजनीतिक गतिविधिलाई अन्त्य र नीतिगत परिवर्तनका लागि सुरु भएको स्वतन्त्र अभियानलाई साथ र सहयोग दिएर हौसला बढाउन वाग्लेले आग्रह गरे ।

आर्थिक विकास, समुन्नती र भष्ट्राचारको अन्त्य गरेर देशको विकास गर्नका लागि आफू अघि बढेको भन्दै वाग्लेले निजी क्षेत्रको लगानी बढाएर देशमा समृद्धि ल्याउन सकिने बताए । वाग्लेले निजि क्षेत्रको लगानी विना मुलुकमा समृद्धिको कल्पना पनि गर्न नसकिने भएकाले आफ्नो जितपछि निजि क्षेत्रको लगानी बढाएर बारा–४ सँगै देशको विकासका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए ।

सभामा पूर्वमन्त्री बद्री न्यौपाने, बारा ४९ख० का स्वतन्त्र उम्मेदवार उमेश कुशवाहा, ३९क० का स्वतन्त्र उम्मेदवार नारायण क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १ : ५० बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष